पत्रकारिता पेशाबाट घर परिवार धान्न नसकेपछी तरकारी खेति गर्दै पत्रकार महतो

3 वर्ष पहिले प्रकाशित

(2079-07-11 B.S.)

7781 पटक देखिएको

ममता शर्मा

गौशाला (महोत्तरी ) , कार्तिक ११ गते

पत्रकारिता पेशाले सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ पत्रकारिता पेशालाई आवाज विहिनहरुको आवाज भनेर भनिन्छ जनताको समस्या समाधानको बाटो तर्फ डोर्याउन निरन्तर समाजसेवामा लागिरहेने पेशा हो यो बाहिरबाट जति सहज देखिन्छ पत्रकारिता, भित्रबाट त्यति नै यो चुनौतीपूर्ण छ अनेकौ समस्याहरु संग जुध्नुपर्ने यस क्षेत्रको चुनौती भने कम हुन सकेको छैन जसको विभिन्न कारणहरुमध्य एक हो, सरकारले संचार क्षेत्रमा पर्याप्त लगानुपर्ने लगानी

पत्रकारिता पेशाबाट पिडित भएर महोत्तरी पत्रकार महासंघका सदस्य र रेडियो गौशाला ९३.६ मेगाहर्जका संचालक पत्रकार दिनेश महतो तरकारी खेति गर्न बाध्य  छन् पत्रकारिता पेशामा आर्थिक समस्याको सामना गर्दै गौशाला १० भरतपुर निवासी पत्रकार महतोले आफ्नो साइड बिजनेस तरकारी खेतिलाई बढावा दिएका छन्

पत्रकारिता पेशामा आवद्ध भएर घरपरिवार चलाउन मुस्किल परेपछि आफु संग रहेको १० कठ्ठा जग्गामा उनले तरकारी खेति गर्न थालेका छन् जसबाट उब्जनी भएको तरकारीहरु बजारमा उनले बेच्ने समेत गरेका छन् उनको प्रमुख आम्दानीको माध्यम अहिले तरकारी खेति बनेको छ

पत्रकार भएर कार्य गरिरहदा घर खर्च जुटाउन पर्याप्त मात्रामा पैसा कमाउन नसकेपछी तरकारी खेति गर्न बाध्य भएको उनि बताउछन्

पत्रकारिता पेशा निस्वार्थ रुपमा गरिने समाज सेवा हो ,उनि भन्छन , “जसमा आर्थिक समस्या सिर्जना भएकोले धेरैले यो पेशा छोड्ने र केहि समय मात्र गर्ने गर्दछन यो पेशाबाट आर्जन गरिएको आम्दानीले परिवारको खर्च जुटाउन भने मुस्किल पर्छ पत्रकारिता पेशाबाट खुसियालीका साथ घर परिवार चलाउन सपना सरि हुन्छ चाडपर्वको बेलामा घरपरिवारलाई राम्रो लुगा र मिठो खाना दिन भने गार्है पर्छ नेता र हाकिमको निर्देशन अनुसार चल्ने झोले पत्रकारहरु मात्र यस पेशामा सम्पत्ति आर्जन गर्न सक्छन हैन भने समाज सेवा गर्ने उद्देश्यले यो पेशा गरेमा दुइ छाक टार्न चाहि नसकिने रहेछ

समाजसेवामा निहित रहेको पत्रकारिता पेशामा धन आर्जन गर्न उद्देश्यले प्रवेश गरेकोमा पछुतो भएको उनि बताउछन

पत्रकारिता पेशा समाज र देशको भविष्य ,विकासको गरिने पेशा हो, उनि भन्छन, “यस पेशामा आवद्ध भइ कमाएर घर बनाउछु , छोरालाई विदेश पढ्न पठाउछु ,गाडीघोडा किन्छु भनेर अघि बढ्न सकिदैन त्यसैले पत्रकारिता पेशाको साथ साथै अन्य पेशा पनि गर्नु पत्रकारको मजबुरी हो मेरो एक्लो जिन्दगी हैन १० जनाको परिवारको खर्च मैले उठाउनुपर्छ त्यसैले तरकारी खेति गरिरहेको छु

 

पत्रकारिता क्षेत्रमा पत्रकारहरूको हकहितका लागि बनेका आचारसंहिताको पूर्ण पालना र पत्रकार श्रमजिवी ऐनको पूर्ण कार्यान्वयन जरुरी रहेको उनको भनाइ छ एउटा पत्रकारले मासिक रुपमा कमाउने पैशाले सुख सुविधा उपलब्ध हुन सजिलो छैन उनि भन्छन, “धेरै पत्रकारहरुले यसलाई आफ्नो पार्ट टाइमको कार्यको रुपमा गरिरहेका छन् किनभने आफु आवद्ध संचार माध्यमले सरकारी जागिर जस्तो तलब दिदैंन एउटा समाचार संकलन गर्न अनेकौ ठाउँ धाउनुपर्ने हुन्छ तर त्यो समाचारको मुल्य यहाँको संचार माध्यमले थोरै चुकाउछन् त्यहि भएर धेरै व्यक्तिहरु यस पेसालाई अंगाल्न र यसमा टिक्न सकिरहेका छैनन्  

पत्रकारिता पेशा भविष्यमा धरापमा नपर्नको लागि अबको सरकारले केहि ठोस योजना ल्याउनु अत्यावश्यक रहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..