पत्रकारिता पेशाबाट घर परिवार धान्न नसकेपछी तरकारी खेति गर्दै पत्रकार महतो
ममता शर्मा
गौशाला (महोत्तरी ) , कार्तिक ११ गते
पत्रकारिता पेशाले सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । पत्रकारिता पेशालाई आवाज विहिनहरुको आवाज भनेर भनिन्छ । जनताको समस्या समाधानको बाटो तर्फ डोर्याउन निरन्तर समाजसेवामा लागिरहेने पेशा हो यो । बाहिरबाट जति सहज देखिन्छ पत्रकारिता, भित्रबाट त्यति नै यो चुनौतीपूर्ण छ । अनेकौ समस्याहरु संग जुध्नुपर्ने यस क्षेत्रको चुनौती भने कम हुन सकेको छैन । जसको विभिन्न कारणहरुमध्य एक हो, सरकारले संचार क्षेत्रमा पर्याप्त लगानुपर्ने लगानी ।
पत्रकारिता पेशाबाट पिडित भएर महोत्तरी पत्रकार महासंघका सदस्य र रेडियो गौशाला ९३.६ मेगाहर्जका संचालक पत्रकार दिनेश महतो तरकारी खेति गर्न बाध्य छन् । पत्रकारिता पेशामा आर्थिक समस्याको सामना गर्दै गौशाला १० भरतपुर निवासी पत्रकार महतोले आफ्नो साइड बिजनेस तरकारी खेतिलाई बढावा दिएका छन् ।

पत्रकारिता पेशामा आवद्ध भएर घरपरिवार चलाउन मुस्किल परेपछि आफु संग रहेको १० कठ्ठा जग्गामा उनले तरकारी खेति गर्न थालेका छन् । जसबाट उब्जनी भएको तरकारीहरु बजारमा उनले बेच्ने समेत गरेका छन् । उनको प्रमुख आम्दानीको माध्यम अहिले तरकारी खेति बनेको छ ।
पत्रकार भएर कार्य गरिरहदा घर खर्च जुटाउन पर्याप्त मात्रामा पैसा कमाउन नसकेपछी तरकारी खेति गर्न बाध्य भएको उनि बताउछन् ।
पत्रकारिता पेशा निस्वार्थ रुपमा गरिने समाज सेवा हो ,उनि भन्छन , “जसमा आर्थिक समस्या सिर्जना भएकोले धेरैले यो पेशा छोड्ने र केहि समय मात्र गर्ने गर्दछन । यो पेशाबाट आर्जन गरिएको आम्दानीले परिवारको खर्च जुटाउन भने मुस्किल पर्छ । पत्रकारिता पेशाबाट खुसियालीका साथ घर परिवार चलाउन सपना सरि हुन्छ । चाडपर्वको बेलामा घरपरिवारलाई राम्रो लुगा र मिठो खाना दिन भने गार्है पर्छ । नेता र हाकिमको निर्देशन अनुसार चल्ने झोले पत्रकारहरु मात्र यस पेशामा सम्पत्ति आर्जन गर्न सक्छन । हैन भने समाज सेवा गर्ने उद्देश्यले यो पेशा गरेमा दुइ छाक टार्न चाहि नसकिने रहेछ ।”
समाजसेवामा निहित रहेको पत्रकारिता पेशामा धन आर्जन गर्न उद्देश्यले प्रवेश गरेकोमा पछुतो भएको उनि बताउछन ।
पत्रकारिता पेशा समाज र देशको भविष्य ,विकासको गरिने पेशा हो, उनि भन्छन, “यस पेशामा आवद्ध भइ कमाएर घर बनाउछु , छोरालाई विदेश पढ्न पठाउछु ,गाडीघोडा किन्छु भनेर अघि बढ्न सकिदैन । त्यसैले पत्रकारिता पेशाको साथ साथै अन्य पेशा पनि गर्नु पत्रकारको मजबुरी हो । मेरो एक्लो जिन्दगी हैन । १० जनाको परिवारको खर्च मैले उठाउनुपर्छ । त्यसैले तरकारी खेति गरिरहेको छु ।”
पत्रकारिता क्षेत्रमा पत्रकारहरूको हकहितका लागि बनेका आचारसंहिताको पूर्ण पालना र पत्रकार श्रमजिवी ऐनको पूर्ण कार्यान्वयन जरुरी रहेको उनको भनाइ छ । एउटा पत्रकारले मासिक रुपमा कमाउने पैशाले सुख सुविधा उपलब्ध हुन सजिलो छैन । उनि भन्छन, “धेरै पत्रकारहरुले यसलाई आफ्नो पार्ट टाइमको कार्यको रुपमा गरिरहेका छन् । किनभने आफु आवद्ध संचार माध्यमले सरकारी जागिर जस्तो तलब दिदैंन । एउटा समाचार संकलन गर्न अनेकौ ठाउँ धाउनुपर्ने हुन्छ । तर त्यो समाचारको मुल्य यहाँको संचार माध्यमले थोरै चुकाउछन् । त्यहि भएर धेरै व्यक्तिहरु यस पेसालाई अंगाल्न र यसमा टिक्न सकिरहेका छैनन् ।

पत्रकारिता पेशा भविष्यमा धरापमा नपर्नको लागि अबको सरकारले केहि ठोस योजना ल्याउनु अत्यावश्यक रहेको उनको भनाई छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments