गौशाला नगरपालिका पछाडी पर्नुको मुख्य कारण गिरिराजमणि पोखरेल

3 वर्ष पहिले प्रकाशित

(2079-07-15 B.S.)

8666 पटक देखिएको

ममता शर्मा 

कार्तिक १५ गते 

महोत्तरीको निर्वाचन क्षेत्र न.१ मा गौशाला नगरपालिका ,बर्दिवास नगरपालिका र भंगहा नगरपालिकाको ४ ओटा वडा पर्दछन । यहि क्षेत्र बाट तिन तिन पटक निर्वाचित भएर गिरिराजमणि पोखरेल स्वास्थ्य , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि समेत भएको सबैलाई अवगत नै छ ।

आज भन्दा करिब १० वर्ष पहिलाको बर्दिवास र गौशालाको तुलना गर्दा अहिले विकास कार्यमा यी दुइ नगरपालिकामा धेरै भिन्नता पाइन्छ । यसको मुख्य कारण पुर्व मन्त्रि गिरिरणमणि पोखरेल नै  हुन् भनेर जनसमुदायले आलोचना गरेका छन् ।

महोत्तरी क्षेत्र न. १ को जनताले पटक पटक विश्वास गरेर गिरिराजमणि पोखरेललाई निर्वाचित समेत गराए । उनले निर्वाचित भएर पनि न शिक्षामा राम्रो काम गरे नत जनताको भावनालाई नै बुझे ।

उनि मन्त्रि हुदा जनतालाई ठुलो ठुलो सपना देखाए तर गौशालामा भएको विकास र बर्दिवासको बिकासमा भेदभाव गरेको जनसमुदायले आलोचना गरेको छन ।

बर्दिवासमा निर्मल प्राविधिक क्याम्पस र मेडिकल क्याम्पस लगायतको शिक्षा क्षेत्रमा कार्यहरु भएका छन् तर गौशालामा उही पिछडिएको , अव्यस्थित त्रिभुवन मा.वि. जस्ताको तस्तै छ ।

गौशाला नगरवासीलाई गिरिराजमणि पोखरेलले झुटो आश्वसन दिएर जनतालाई भ्रमित गर्ने कार्य गरेको एमाले पार्टीका एक नेताले बताए । यहाँ मन्त्रिले  सहरीकरण गर्न सकेनन उनले भने , "भोट माग्ने बेलामा ज्यू ज्यू गर्दै , जनताको खुसिको लागि जे पनि गर्छु भनेर भन्छन तर चुनावमा बिजयी भएपछी निर्लज सरि आफ्नो स्वार्थ पुरा मात्र गर्ने गरेका छन्।"

गौशालामा हुन सक्ने सम्भावित विकास पनि मन्त्रिले गर्न नसकेको उनको भनाई छ ।"जो व्यक्ति १५ वर्षसम्म सत्तामा हुदा पनि जनताले सुखद परिवर्तन देख्न पाएनन् । अबको मङ्सिर ४ गतेको चुनावमा  जितेर पनि उनले यहाँको जनतालाई उभो लाग्न दिन्छन जस्तो लाग्दैन।"

महोत्तरीको गौशाला पुरानो अस्तित्व बोकेको व्यापारिक केन्द्रको रुपमा रहेको तर एउटा बजार व्यवस्थापन गर्न समेत नसकेका नेताहरुलाइ किन पटकपटक भोट दिने भनेर गौशाला ९ भरतपुर निवासी गोपाल ठाकुरले अलोचना गरे । उनले गौशाला नगरपालिकामा आन्तरिक आम्दानी स्रोत प्रयाप्त मात्रामा भएपनि विकास नहुनुमा गिरिराज मणि पोख्रेल दोषी रहेको दाबी समेत गरे ।

उनि भन्छन, "गौशाला बजारमा कोशौ टाढाबाट मानिसहरु व्यापार गर्न आउने गर्दछन । तर यहाँ न बाटो बन्यो नत बजार व्यवस्थापन नै भयो । अब मंसिर ४ गते यो सबै कुरा ध्यान राखेर मत दिनु पर्छ।"

अबको निर्वाचनमा नयाँ नेतृत्वलाई ल्याउनु अति आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..