धनगढीमा निषेधाज्ञा जारी

3 वर्ष पहिले प्रकाशित

(2079-08-16 B.S.)

2962 पटक देखिएको

मङ्सिर १६ :धनगढीमा जिल्ला प्रशासन कार्यालय कैलालीले जारी आदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
बिहीबार बेलुका ७ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
बुधबार बिहान १० बजेतिर धनगढी उपहानगरपालिका–४ हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले च्यापेर कक्षा ८ मा पढ्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार घरबाट विद्यालय जाँदै गरेकी मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्। उनको मृत्यु भएपछि धनगढी बजारमा प्रदर्शन भएको थियो। अवस्था तनावग्रस्त भएपछि थप अराजक गतिविधि हुनबाट रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले बताए।
चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध जनाएका छन्। ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
घटनास्थलमा रहेको बालिकाको शव अहिले भने सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
आफन्तको सहमतिबिना घटनास्थलबाट उठाएर अस्पताल ल्याएको भन्दै स्थानीयहरूले सेती प्रादेशिक अस्पतालमा प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले घटनालाई लिएर आफन्तहरूले आक्रोश पोखिरहेको बताए। उनका अनुसार शव सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

6 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

10 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

10 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

6 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

10 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

10 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

11 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

20 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..