मदिरा, मोबाइल र गाडीमा लागेको आयात  प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय

4 वर्ष पहिले प्रकाशित

(2079-08-21 B.S.)

2749 पटक देखिएको

२१ मंसिर
सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए । मुख्यसचिवको संयोजकत्वमा गठित समितिले आयातमा बन्देज खुलाउन सिफारिस  गरेको  थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले आयात खुला गर्ने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत १३ वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा  ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । आयात प्रतिबन्धको अवधि यही मंसिर २९ गतेसम्म छ  ।
प्रतिबन्ध खुला भएसँगै पुस १ गतेदेखि सबै प्रकारका विदेशी  तयारी मदिरा र तीन सय डलरमाथिका मोबाइल फोन, चारपाङ्ग्रे  सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल आयात गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले