मधेश प्रदेशमा :२२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद
जनकपुर,२१ मंसिर ।
४ महिनाको अवधिमा मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी गस्ती टोलीले मधेश प्रदेशका ८ वटै जिल्लाबाट करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो । यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । भारतबाट अवैध रूपमा ल्याइएका कपडा, किराना र हार्डवेयर लगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै ५१ लाख ८५ हजार रुपैयाँ स्रोत नखुलेको नेपाली रुपैयाँ पनि बरामद गरिएको छ । यहि अवधिमा ४० लाख १५ हजार रुपैया बराबरको अवैध काठ र ३६ लाख ५३ हजार रुपैयाँ बराबरको चौपाया समातेर बुझाइएको छ । यसैगरी २० लाख ७२ हजार रुपैयाँ बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करी लगायत विभिन्न गैरकानूनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी, छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।
यस्तै २८ हजार ४१ थान विभिन्न प्रकारका लागूऔषध, १५ क्विन्टल २८ किलोग्राम गाँजा, २० किलोग्राम चरेस र ५ ग्राम खैरो हेरोइन पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ४ थान अवैध हतियार र ९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ । मधेश प्रदेशको ८ जिल्लाको विभिन्न नाकामा फसेका २१ जना महिलाको उद्धार समेत गरिएको छ ।
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
4 घन्टा पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
2 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
4 घन्टा पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
11 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
20 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments