निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति नगरपालिकाले असन्तुष्ट व्यक्त गर्दै निकाल्यो विज्ञप्ति ,क्षतिपूर्तिको माग
ममता शर्मा , महोत्तरी
महोत्तरीको रामगोपालपुर नगरपालिकाले निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति असन्तुष्ट व्यक्त गर्दै विज्ञप्ति जारि गरेको छ । बिहिबार जारी विज्ञप्तिमा नगरपालिकाले क्षतिपूर्ति सहित कानुनी कारवाहीको माग गरेको छ ।
बुधबार र बिहिबार नेहा चौधरी र निहारिका राजपुतको नेतृत्वमा नगरपालिकामा भएको तोडफोड ,आगजनी र ढुंगामुढाबाट सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई समेत आघात पुगेको घटना प्रति नगरपालिकाको नगर प्रमुख रामदुलार साह र प्रमुख प्रशासकीय अधिकृतको गम्भीर ध्यानाकर्षण भएको हो ।
तोडफोडबाट करिब ५ लाख बराबरको क्षति भएको र सोको मुअब्जा असुलको साथै दोषीमाथि कडाभन्दा कडा कारवाहीको प्रमुख जिल्ला अधिकारी संग नगरपालिकाले माग गरेको छ ।

महिला हिंसामा परेको नेहा चौधरी र निहारिका राजपुतले गरेको आन्दोलन अनावश्यक रहेको नगर प्रमुख साहको ठहर छ । घरायसी समस्यालाई सार्वजनीक गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु अपराध हो, साहले भने , "नेहा चौधरीको समस्याको समाधानको बाटो शान्तिपूर्ण रुपमा गर्न सकिन्छ तर निहारिका राजपुतको भड्काइमा नेहाले यसरि अनावश्यक रुपमा अराजक गतिविधिलाई बढ़ावा दिएर गलत कार्य गरेको छ । यसले समाजमा नराम्रो प्रभाव पर्छ ।"
साथै घरायसी समस्यालाई यसरी सार्वजनिक गरि सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन उनले सम्बन्धित सबैलाई अपिल गरेका छन् ।
गत वर्ष नेहा चौधरीको डा. पंकज संग प्रेमपछी समाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा १ करोड २५ लाख नगद नेहाले ससुराली पक्षलाई दाइजो दिएको नेहाको अडान छ । अदालतबाट मंसिर २६ गते आएको आदेश अनुसार जबसम्म मुद्धाको टुंगो लाग्दैन तबसम्म नेहाचौधरीलाई कुनैपनि किसिमको पिडा, यातना ,गालीगलौज कुटपिट मिल्दैन तर २६ गते नेहा आफ्नो श्रीमान पंकजको घरमा जादा ससुराली पक्षले विरोधसाथ घरमा जान दिएनन् ।

नेहाको पटक पटकको आत्महत्याको प्रयासले असूरक्षित महशुस भएकोले उनलाई घरमा पस्न नदिएको उनको ससुराली पक्षको भनाई छ ।
ससुराली पक्षले घरमा पस्न नदिएपछी नेहा चौधरी र निहारिका राजपुतले आन्दोलन गरेका थिए आन्दोलनमा सडकमा आगजनी ,नगरपालिकामा तोडफोड र ढुंगामुढा प्रहार गरेका थिए ।
जसबाट नगरपालिकामा ५ लाख बराबरको हानी नोक्सानी भएको क्षतिपूर्तिको माग र दोषीलाई कारवाहीको नगर प्रमुखले माग गरेका हुन् ।
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 घन्टा पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
2 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 घन्टा पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
11 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
20 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments