मलामी जानेहरुको खोजी गर्दै स्वास्थ्यकर्मी

6 वर्ष पहिले प्रकाशित

(2077-02-25 B.S.)

3365 पटक देखिएको

धनगढी : क्वारेन्टाइनमा मृत्युपछि कोरोना पुष्टिका धेरै घटना सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा धनगढीकी एक महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका ४, उत्तरबेहडीकी ५६ वर्षीया महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि भएको हो ।शुक्रबार दिउँसो ११ बजे सेती प्रादेशिक अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भएकी ती महिलाको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि आफन्तहरुले धनगढीको मोहना घाटमा शुक्रबार नै अन्त्यष्टि गरेका थिए ।

पछिल्लो एक महिनादेखि मृगौला विरामी ती महिलालाई शुक्रबार सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । मृगौलाकी विरामी ती महिलालाई ईमर्जेन्सी वार्डबाट तेस्रो तलामा रहेको डायलासिस कक्षमा लग्ने क्रममा उनको मृत्यु भएको थियो ।

धनगढी वडा नम्बर ४ शिवपुरी धाम आसपासमा घर भएकी थारु समुदायकी ती महिलाको शुक्रबार नै मोहना घाटमा परम्परा अनुसार दाहसंस्कार गरियो । उनी १५ दिनसम्म काठमाण्डौंको शिक्षण अस्पतालमा भर्ना भएको खुलेको छ ।

पाँच दिनअघि मात्रै घनगढी ल्याइएकी ती महिलालाई सेती अस्पतालमा रहेको डायलासिसमा भने पहिलो पटक लगिएको हो । शनिबार भने ती महिलाको स्वाबको नमुना पोजिटिभ आएपछि अस्पतालका सबैमा खैलाबैला मच्चिएको छ ।

सेती अस्पतालको डायलासिस वार्ड सील गरिएको छ भने मेडिकल अधिकृत सहित डायलासिसका ७ जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन गरिने भएको छ । सरकारी नियम अनुसार उनीहरुलाई, ७ दिन क्वारेन्टाइन गरी, थ्रोट स्वाबको नमुना परीक्षण गरेर मात्रै काममा लगाइनेछ । ५ वटा मेसिन राखेर भइरहेको डायलासिस सेवा, मेडिकल अधिकृत सहितका ७ जनालाई क्वारेन्टाइनमा राख्ने भएपछि केही दिनका लागि बन्द हुने भएको छ ।

मलामी खोज्दै स्वास्थ्य टोली

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य इकाइको टीम मृतक महिलाको मलामी खोज्न हिँडेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले, अहिले ‘कन्ट्रयाक्ट ट्रसिङ’ का लागि स्थानीय तहमा समिति गठन भएकाले, त्यो समितिलाई खटाइसकिएको बताए । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कुम्भराज शर्माको नेतृत्वमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ खटिएको छ ।

 

श्रोत : अन्नपुर्ण पोस्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले