धनुषामा मेयर र वडाध्यक्षद्वारा अदालतको अवहेलना

3 वर्ष पहिले प्रकाशित

(2079-09-03 B.S.)

2323 पटक देखिएको

 धनुषा-  मधेश  प्रदेशको धनुषा जिल्ला स्थित   मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र यादव र वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप यादवले अदालतको अवहेलना गरेका छन् ।
धनुषाधाम सबैला सडक खण्ड विस्तारको क्रममा मिथिला विहारी–४ का गौरी नारायण साहको जग्गा एकतर्फी सडकमा नलिन उच्च अदालत जनकपुरले २०७५ मंसिर ४ गते निषेधाज्ञा जारी गरेको थियो ।

 नगरपालिकाका तत्कालीन मेयर अनिलकुमार यादव र वडाध्यक्ष महादेव यादवले अदालतको निषेधाज्ञापछि काम बन्द गरे पनि वर्तमान मेयर यादव र वडाध्यक्षले फेरि एकातिरबाट मात्रै सडक निर्माणको कार्य थालेका छन् । मेयर र वडाध्यक्ष स्थानीय लक्ष्मी यादवसंग मिलेर सो जग्गा अतिक्रमण गर्न लागेको भन्दै सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

 तत्कालीन मेयर र वडाध्यक्षले त्यो काम तत्कालका लागि बन्द गरे पनि वर्तमान मेयरले त्यो ठाउँमा गहिरो खाल्डो खनेपछि फेरि साहले अदालतको बाटो अपनाउनुपर्ने बाध्यता भएको छ । उनले सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनका लागि आग्रह गर्दा पनि मेयर र वडाध्यक्षले मेरो जग्गा मात्रै सडकमा लिने अडान लिएको पीडित साहले बताए ।

 न्यायाधीशद्वय दिनेशप्रसाद यादव र डा.रवि शर्मा आर्यालको संयुक्त इजलासले निवेदक साहको मुद्दामा निषेधाज्ञा आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले