पर्साको उद्योगमा आगलागी हुँदा १३ करोडको क्षति भएको अनुमान
पुस ६ गते ।
पर्सा - मधेश प्रदेशको पर्सा जिल्ला स्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो । मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेकोमा ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।आगलागीबाट उद्योगमा रहेको मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले जानकारी दिए । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्णरुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा समेत क्षति पुगेको छ ।
उनका अनुसार आगलागीबाट झण्डै १३ करोडको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भई आगो लागेको हुनसक्ने अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले कसरी आगलागी भएको हो र कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भैरहेको बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments