नेपालीको पहिलो रोजाई खाडीका देश, एक वर्षमा साढे ५ लाखभन्दा धेरैले लिए खाडी जाने श्रम स्वीकृति

3 वर्ष पहिले प्रकाशित

(2079-09-12 B.S.)

2072 पटक देखिएको

काठमाण्डौ – खाडीका ६ देश नै नेपाली श्रमिकको रोजाइको प्रमुख श्रम गन्तव्य देशमा परेका छन् । गएको आर्थिक वर्षमा खाडीका ६ देशमा मात्रै साढे पाँच लाख भन्दा धेरै नेपाली रोजगारीको लागि गएको नेपाल श्रम आप्रवास प्रतिवेदन २०२२ ले देखाएको छ । जसमा ३६ हजार २६० महिला रहेका छन् भने ५ लाख १४ हजार ४४४ जना पुरुष रहेका छन् । 

खाडीको देशमा पनि नयाँ र पुन गरी साउदीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । साउदीका लागि मात्र १ लाख ८८ हजार ६९१ जनाले श्रम स्वीकृत लिएको  प्रतिवेदनले देखाएको छ ।

साउदी पछि कतार जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा पर्छ । कतारमा १ लाख ८४ हजार ९२६ जना गएका छन् यूएई जानेको सङ्ख्या धेरै छ । २१ हजार १३९ जना महिला र १ लाख १ हजार ४९६ जना पुरुष गरी १ लाख २२ हजार ६ सय ३५ जना श्रमिक यूएई गएका छन् । यस्तै खाडीकै अर्को देश कुवेतमा ५ हजार ३६५ महिला र ३० हजार १ सय ७६ पुरुष गरी ३५ हजार ५४१ जना गएका छन् । बहराइनमा १२ हजार ६२ जना र ओमान जान  ६ हजार ८४९ जनाले श्रम स्वीकृति लिएका छन् । 

बितेका ५ वर्षमा सबैभन्दा गएको आर्थिक वर्ष २०७८/०७९ मा खाडी जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ । यस्तै खाडीपछि नेपालीको अर्को प्रमुख श्रम गन्तव्य देश मलेसिया रहेको छ । गएको आर्थिक वर्ष मलेसिया जानका लागि ३६ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै यी बाहेक नयाँ केही देशहरू पनि नेपालीको श्रम गन्तव्य बनेको श्रम आप्रवासन प्रतिवेदनले देखाएको छ । पोल्यान्ड, मालदिभ्स, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा जाने नेपालीको सङ्ख्या पनि बढ्दो छ ।  यी सबै देशमा गरी गएको आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ८९ नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

23 मिनट पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

10 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

10 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

23 मिनट पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

10 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

10 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

11 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

20 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..