सिद्धबाबा सुरुङ मार्ग : भौतिक पूर्वाधारको काम सुरु

4 वर्ष पहिले प्रकाशित

(2079-09-15 B.S.)

2312 पटक देखिएको

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।

ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले रातोपाटीलाई बताए । उनले निर्माण कम्पनीले डिजाइन पेससँगै साइटको काम पनि सुरु गरेको जानकारी दिए ।

निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत लैजाने काम, ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नका पानी ट्यांकी निर्माणगर्ने जस्ता काम धमाधम निर्माण कम्पनीले सुरु गरेको छ ।

परियोजना प्रमुख एसीले उनीहरूले पठाएको डिजाइन अध्ययन गर्दै गरेको र स्वीटजरल्याण्डबाट पनि सुरुङमार्ग सम्बन्धी प्राविधिकहरू आएर अध्ययन गरेपछि पास हुने बताए । उनले भने, ‘अब एकदेखि डेढ महिनामा डिजाइन पास भएपछि निर्माणको काम सुरु हुन्छ । विदेशीहरु यही हप्ताभित्र आउने छन् ।’

निर्माण व्यवसायीतर्फका इन्जिनियर क्षितिज खनालले विभागले डिजाइन  हेर्ने काम गरिरहँदा आफूहरूले अन्य साइटको कामलाई तीब्रता दिएको बताए । उनले आफूहरूले पेस गरेको डिजाईजन पास भएपछि छिटै अन्य भौतिक काम अगाडि बढाउने रातोपाटीलाई बताए । त्यो बेलासम्म अन्य कामहरूलाई आफूहरूले तीब्रता दिएको उनको भनाइ छ ।

२०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको बुटवल–पाल्पा सडकको शिद्धबाबामा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुला दुर्घटना निम्त्याउने गरेको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक खण्डमा पछिल्लो दशकमा ५० भन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यही खण्डमा ३–४ जना यात्रुले ज्यान गुमाउनु परेको छ । घाइते हुनेको संख्या पनि उल्लेख्य रहने गरेको छ ।

यो सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा सवारी साधन गुड्छन् । यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् । करिब ३.५ किलोमिटर क्षेत्रमा पहिरोको त्रास रहने गर्दछ ।पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुससँगै सुरुङ मार्ग निर्माणका लागि ‘ग्लोबल टेन्डर’ भएसँगै डिजाइनको काम सकिएपछि निर्माण कार्य सुरु भएको हो । 

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिसकेको छ । सुरुङको लम्बाई १ किलोमिटर १२६ मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि अन्ततः सुरुङमार्गको काम अगाडि बढाएको प्राविधिकहरू बताउँछन् ।

स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । सुरुङ मार्ग ५ वर्षभित्र बन्ने छ ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विष्णु पौडेलले शिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रतिबद्धता पटकपटक जनाउँदै आएका थिए । हाल अर्थमन्त्री नियुक्त भएका उनले निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले