अपराधी प्रवृतिका मेयर बेचनले पत्रकार शैलेन्द्र क्रान्तिलाई दिए छातीको हडी भाँच्ने धम्की

4 वर्ष पहिले प्रकाशित

(2079-09-16 B.S.)

2404 पटक देखिएको

पुस १६ गते ।
 जनकपुरधाम - समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार भएको मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ समारोहमा समाचार संकलन गर्न पुगेका अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त पत्रकार क्रान्तिलाई मेयर दासले प्रदेशसभा परिसरमा दर्जनौ व्यक्तिको सामुन्ने खुलेयामा यस्तो धम्की दिएका हुन् ।

तीनचारमहिना आघि नगरपाकिला कार्यालयमै एकजना पत्रकार मौसम झालाई लात्तले छातीमा हिर्काएर हाड भाँचेको भन्दै अझै तपाई लगायत अझै ५÷६ जना पत्रकारलाई यस्तो गर्ने मेयरले धम्की दिए । ‘तपाईले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभो । तपाईंको नाम त फस्टमै छ । 
आउनु होला नगरपालिका तिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरोना बेचन होइन । मैले भाँच्न सकिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन’ धम्की दिँदै उनले भने ‘म अपराधकर्म, जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’
धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी छन् ।

मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन हुँदा उनी एमालेतिर लागे । दोश्रो पटक फेरि मेयरमा जितेका हुन् । एक किशोरीको हत्या आरोपमा कर्तव्यज्यान मुद्दाबाट उम्केका उनका भाई लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २(क)बाट प्रदेश सांसदमा जितेका हुन् ।

डेढवर्ष अघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालिन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार पत्रकार क्रान्तिले बाहिर ल्याएका थिए ।

यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । धम्कीपछि पत्रकार क्रान्तिले मेयर दास अपराधी प्रवृतिका मेयर रहेकाले आफू आफू असुरक्षित महसुस गरिरहेको बताए । उनले खुलेआम जिउज्यानमा क्षति पुर्याउनले धम्कीदिने मेयर दासलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ती जारी गर्दै मेयर दासलाई कारबाहीको माग गरेका हुन् । साभार टुडेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले