सप्तरी प्रहरीद्वारा मिटरब्याज लिएको आरोपमा साह पक्राउ
सप्तरी, २३ गते
चर्को ब्याज असुली गर्ने गरेको आरोपमा सप्तरी प्रहरीद्वारा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका– १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह छन् । उनीमाथि सर्वसाधारणको घरजग्गा बन्धकी राखेर चर्को मिटरब्याजमा ऋण दिने गरेको र सावाँ–ब्याज तिर्नेहरूको धितोसमेत फिर्ता नगरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार डाक्नेश्वरी–१ का पीडितहरूको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो । सोही मुद्दाका अर्का आरोपित जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मिटरब्याजपीडित मोहम्मद आफताब आलमका अनुसार अत्यावश्यक काम परेर बुबा युसुफले आफ्नो पाँच कठ्ठा १४ धुर जग्गा धितो राखेर १ फागुन ०७३ मा चन्द्रकान्तसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । त्यसक्रममा साहले दोब्बर रकमको कागज मात्र गराएनन्, पाँच कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए ।
आलम परिवारले जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र ब्याजसहितको १० लाख गरी २० लाख रुपैयाँ चुक्ता गर्यो । तर, चन्द्रकान्तले जग्गा र तमसुक फिर्ता दिएनन् । चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
1 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
10 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
10 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
10 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
11 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
19 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
कमेन्ट गर्नुहोस्
view comments