कारागारको दयनीय अवस्था, विद्युत जाँदा टर्च लाईट बालेर निगरानी

3 वर्ष पहिले प्रकाशित

(2079-09-24 B.S.)

2508 पटक देखिएको

सप्तरी - राजविराज कारागार समस्यै समस्याले जेलिएको छ । सो कारागार मुलुककै पुरानो कारागार मध्ये एक हो । कुल २ विघा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विघा जग्गा अतिक्रमणको चपेटामा परेपछि १ विघा १३ धुर जग्गा मात्र कारागारको संचालन र गतिविधिमा समेटिएको छ । कारागारमा १ सय ५५ जनाको क्षमता भए पनि हाल ३ सय ७७ जना कैदीबन्दी राखिएका छन् ।

“एकातिर जीर्ण भवन अर्कोतिर क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्दा जोखिमसँगै निगरानी गर्न पनि समस्या भएको कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । हाल कारागारमा दरबन्दी अनुसारको सुरक्षाकर्मीको अभाव पनि देखिएको छ । त्यहाँका खटिएका सुरक्षाकर्मीहरुको बास बस्ने आवाससमेत जीर्ण अवस्थामा रहेको छ । उनीहरु बास बस्ने कोठामा पर्याप्त ठाउँको अभावका साथै भौतिक सरसमानको समेत अभाव देखिएको छ ।

 राणाकालमै २००८ सालमा निर्माण भएको कारागार सरकारी उपेक्षाका कारण जीर्ण र अतिक्रमणको चपेटामा परेको कारागारका कर्मचारीहरु बताउँछन् । कारागारको भवन तथा भित्ताहरुको अवस्था हेर्दा कुन बेला भवन नै ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने हुन भन्ने चिन्ताले निद्रा हराउने गरेको कारागारका कर्मचारी र सुरक्षाकर्मीहरुको गुनासो छ । कारागारमा इन्भरटर र जेनेरेटरसमेत रहेको छैन ।

 नाम नछापिदिन आग्रहका साथ एक सुरक्षाकर्मीले भने –“कुनै बेला बत्ती हुँदैन, जेनेरेटर र इन्भरटर पनि छैन, टर्च र इम्र्जेन्सी लाइटको भरमा कसरी र कति दिनसम्म निगरानी गर्ने ?” क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि ठाउँ अभावका कारण पुसको चिसोमा पनि कतिपय कैदीबन्दीलाई टिनको छाना लगाएर भुँइमै न्यानो कपडा राखी सुत्ने व्यवस्था मिलाइएको छ । 

जेलर किशोर रामले ठाउँ अभाव भएपछि केही कैदीबन्दीलाई यसरी अस्थायी रुपमा राखिएको तथा व्यवस्थित ढंगले राख्न आवश्यक पहल थालेको बताएका छन् । कैदीबन्दीहरुले बस्ने र सुत्ने ठाउँ अभावकै कारण कोचिएर कष्टपूर्ण बस्न बाध्य भएको गुनासो सुनाए । 

कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि शौच गर्नेदेखि खाना पकाउन पनि लाइन लाग्नु पर्ने अवस्था रहेको र यी समस्या बारे अनुगमनका क्रममा विभिन्न समयमा आउने टोलीलाई जानकारी गराउने गरे पनि आश्वासन बाहेक केही नपाएको कैदी गोपी साहले बताए ।


कारागारमा पारालाइसिस रोगले पीडित ६ जना जेष्ठ नागरिक कैदीबन्दी रहेका छन् । ७५ वर्षीय मो.नसरुल, गोपी साह, ७७ वर्षीय कारी सदा, जुगेश्वर सरदार, ७८ वर्षीय फागु मण्डल र ७९ वर्षीय रामेश्वर यादव पारालाइसिस रोगले ग्रस्त छन् । 

नीहरुलाई चिसोबाट जोगाउन र व्यवस्थापन गर्न समस्या भए पनि उपलब्ध श्रोत साधनले हरसम्भव सहयोग गरिरहेको जेलर रामले बताए । उनले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुलाई आयआर्जनको श्रोत जुटाउन मुढा बनाउने सीपमूलक तालिमसमेत संचालन गरिएको जानकारी दिए ।

 कारागारको अवस्था बुझ्न शनिवार जनमत पार्टीका नेताहरु पुग्दा त्यहाँको बेहाल देखेर आफूहरु चकित परेको बताएका छन् । सप्तरीको प्रदेश सभा २ को (ख)बाट निर्वाचित एवम् मधेश प्रदेशको जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका महेश प्रसाद यादवले राजविराज कारागारको सुधारका लागि केन्द्रदेखि प्रदेश सरकार समेतले ध्यान दिनुपर्ने भन्दै यसका लागि आफूले पनि सक्दो पहल गर्ने बताए ।

जनमत पार्टीबाटै सप्तरीको प्रदेश सभा २ को (क)बाट निर्वाचित प्रदेश सभा सदस्य सतिश सिंहले कारागारमा जग्गा अतिक्रमण लगायत अन्य विभिन्न समस्याहरु आफूले जानकारी पाएको बताउँदै कैदीबन्दीहरुले भोग्नु परिरहेको समस्या तत्कालै समाधान हुनुपर्नेमा जोड दिए । 

जनमत पार्टी सप्तरीका इन्चार्ज ममता झाले राज्य र विगतका जनप्रतिनिधिहरुको उपेक्षाका कारण कारागारको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै तत्कालै सुधारको आवश्यकता औल्याए । उनले भनिन् “कारागार सुधारका लागि पार्टीको तर्फबाट आवश्यक पहल गरिने छ ।”

 कारागारको क्षमता भन्दा तीन गुणा बढी भएपछि कैदीबन्दीलाई सास्तीसँगै व्यवस्थापनमा कठिनाइ भएकाले यसतर्फ बेलैमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

21 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

25 दिन पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

25 दिन पहिले