गृह तथा संचार मन्त्री भरतप्रसाद साहद्वारा  प्रदेश प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

3 वर्ष पहिले प्रकाशित

(2079-09-27 B.S.)

2477 पटक देखिएको

पुष २७
मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले मोटरसाइकल वितरण गरेका छन् ।
कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरलाई मोटसाइकलको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।

प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनका लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न सामग्रीहरु उपलब्ध गराएका बताउँदै मन्त्री साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारीमा छ । तर अहिलेसम्म संघीय प्रहरी समायोजन नहँुदा प्रदेश प्रहरी ऐन पारित गरे पनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।
’ प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पूर्वाधार तथा आधुनिकीरण गर्ने उद्देश्यले सवारी साधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका सामग्रीहरु वितरण गर्दै आएको गृह तथा संचार राज्यमन्त्री रुवि कर्णले बताइन् ।

चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद गरिएको मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा  मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय–समयमा भौतिक पूर्वाधारदेखि सवारी साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हँुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतीय चार्जले चल्ने गाडी वितरण हुँदा प्रहरीको खर्चमा कटौती हुने बताए । कार्यक्रममा प्रदेश मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल, भंगहा नगरपालिका मेयर संजीब साहसहितको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

9 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

13 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

16 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

19 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

22 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

9 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

19 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

22 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

23 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

27 दिन पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

27 दिन पहिले