गृह तथा संचार मन्त्री भरतप्रसाद साहद्वारा  प्रदेश प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

2 वर्ष पहिले प्रकाशित

(2079-09-27 B.S.)

2337 पटक देखिएको

पुष २७
मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले मोटरसाइकल वितरण गरेका छन् ।
कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरलाई मोटसाइकलको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।

प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनका लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न सामग्रीहरु उपलब्ध गराएका बताउँदै मन्त्री साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारीमा छ । तर अहिलेसम्म संघीय प्रहरी समायोजन नहँुदा प्रदेश प्रहरी ऐन पारित गरे पनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।
’ प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पूर्वाधार तथा आधुनिकीरण गर्ने उद्देश्यले सवारी साधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका सामग्रीहरु वितरण गर्दै आएको गृह तथा संचार राज्यमन्त्री रुवि कर्णले बताइन् ।

चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद गरिएको मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा  मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय–समयमा भौतिक पूर्वाधारदेखि सवारी साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हँुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतीय चार्जले चल्ने गाडी वितरण हुँदा प्रहरीको खर्चमा कटौती हुने बताए । कार्यक्रममा प्रदेश मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल, भंगहा नगरपालिका मेयर संजीब साहसहितको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

2 दिन पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

6 दिन पहिले

नेपालमा पहिलोपटक घरदैलो योजना छनोट अभियान : पूर्व अर्थमन..

निरन्जन कुमार साह गौशाला, महोत्तरी – आउँदै गरेको आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेशमा पहिलोपटक अनौठ..

10 दिन पहिले

अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्त..

अनिषा कुमारी यादव  गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्..

15 दिन पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

18 दिन पहिले

नेपालमा पहिलोपटक घरदैलो योजना छनोट अभियान : पूर्व अर्थमन..

निरन्जन कुमार साह गौशाला, महोत्तरी – आउँदै गरेको आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेशमा पहिलोपटक अनौठ..

10 दिन पहिले

अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्त..

अनिषा कुमारी यादव  गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्..

15 दिन पहिले

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..

1 महीना पहिले

गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..

महोत्तरी, चैत्र २७ गते   महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..

1 महीना पहिले

महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि..

महोत्तरी, चैत्र २४ गते महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइ..

1 महीना पहिले

महोत्तरी लगायत मिथिलाञ्चलमा आज देखि चैती छठ पर्व सुरु

गौशाला, चैत १९ गते । महोत्तरी लगायत मधेसका जिल्लाहरुमा मंगलबार देखि  चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइ..

2 महीना पहिले