मुग्लिङ-पोखरा र नारायणघाट-बुटवलसडकको प्रत्यक्ष अवलोकनमा उपप्रधानमन्त्री श्रेष्ठ 

3 वर्ष पहिले प्रकाशित

(2079-10-03 B.S.)

3080 पटक देखिएको

चितवन, माघ ३ गते 

मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र बिकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' र स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा आज गम्भीर छलफल भएको छ। 

त्यसक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर ताराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। 

भरतपुर मेयर दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट बिस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताउनुभयो भने माडी मेयर महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जका निमित्त वाडेन रमेश तिवारी भने विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने बताउनुभयो। 

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन  गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताउनुभयो । 'सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, 
यातायात क्षेत्रको सुधार र
भौतिक पुर्वाधारमा
भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर  देशलाई बिकासको गति दिनु छ।' उहाँले भन्नुभयो। 

भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले बिकासमा नयाँपन दिइरहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।  'यस प्रयासलाई केन्द्र सरकारले महत्त्वका साथ सहयोग गर्ने छ। निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन्।' उहाँले भन्नुभयो-
'माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ।' 

लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क-देवघाट बाइपास चार कीमी सडकको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उपस्थित निर्माण व्यवशायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्दता जनाएका छन्। त्यसक्रममा चितवनकै छ लेनको सडक पनि अनुगमन गर्नु भएको छ महानगरकि मेयरसहित सडक अनुगममा निस्किनु भएको उपप्रधानमन्त्रीसमक्ष  ६ लेन सडकका निर्माणव्यबसायीले  असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न । उहाँ आजै श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि हुनु भएको छ।राज्यद्वारा बेपत्ता पारिएका योद्धा दन्डपाणी न्यौपाने नाममा स्थापित सो बिधालयको ४३ औ बार्सिकोत्सब समाहरोहमा  बोल्दै उहाले बेपत्ता योद्धा न्यौपानेको नाममा बिधालय नामाकरण गर्न सहयोग गर्ने नेपाल सरकारलाइ पनि धन्यवाद दिनु भयो। यो विधालयलाई सरकारको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। 


उहाले कार्यक्रममा आफुले  रक्सी,मासु,खैनी चुरोट ,पान सुपारी चिया कपि नखाने बताउदै खुस,चाकडी  र उपहार समेत कहिल्यै  नखाने बिद्यार्थी र अभिवाकका बीच प्रण गर्नु भयो। 

त्यसै गरि उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ-बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ। यसअघि हिजो साँझ उहाँले गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ-पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,कन्ट्याक्टर र परामर्श दातासङ्ग छलफल गर्नुभएको थियो। त्यसक्रममा कामलाइ द्रुत र गुणस्तरीय ढङ्गले अघि बढाउन निर्देशन दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

9 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

13 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

16 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

19 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

22 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

9 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

19 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

22 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

23 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

27 दिन पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

27 दिन पहिले