आधारशिलाको २० औ वार्षिकोत्सव सम्पन्न 

4 वर्ष पहिले प्रकाशित

(2079-10-25 B.S.)

4384 पटक देखिएको

ममता शर्मा 
महोत्तरीमा आधारशिलाको २० औ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार जिल्लाको बर्दिवास नगरपालिका वडा न.३ गौरीडाडा स्थित रहेको आधारशिलाको २० औ वार्षिकोत्सव मनाइएको हो । 

‘सामाजिक रुपान्तरणको लागि सामुहिक अभ्यास’ भन्ने मूल नाराको साथ स्थापना भएको आधारशिलाको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रि नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । आधारशिलाको अध्यक्ष दिप बहादुरको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल , मधेश प्रदेश सांसद भरत प्रसाद साह , जिल्ला समन्य समिति महोत्तरीको अध्यक्ष सुमनलाल कणर् , पार्टीका केन्द्रिय तथा जिल्लाका विभिन्न सदस्यहरु ,आधारशिला परिवारका सदस्यहरु लगायत विभिन्न राजनीतिकर्मी तथा नेताहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा अधिकांश वक्ताहरुले आधारशिलाको २० औ वार्षिकोत्सवको अवसरमा शुभकामना तथा उन्नति प्रगतिको कामना व्यक्त गरेका छन् ।

त्यस्तै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा सकारात्मक किसिमको सोच निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको आधारशिलाको २० आँै वार्षिकोत्सव समारोहले आफुमा गौरव र प्रसन्नताको अनुभूति भएको बताउनु भयो । उहाँले नेकपा माओवादी पार्टीका नेताहरुले नेपालमा ठुलो संघर्ष गरेपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले समाजमा उल्लेखनीय योगदान पुर्याएको जिकिर गर्नुभयो । प्रत्येक व्यक्ति ,संघ संस्था ,राजनीतिकर्मीले आफुलाई समाज सेवामा निहित रुपान्तरण गरि अगाडी बढ्नु आवश्यक छ , उहाँले भन्नुभयो , “पार्टीले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकता र ध्रुवीकरण ,रुपान्तरण र पुर्नगठनको सिद्धान्तको पालना गर्नु पर्दछ । समृद्धिको प्रक्रियालाइ गुनात्मत फड्को मार्ने गरि अगाडी बढाउनु सरकारको प्रमुख दायित्व हो । देश चलाउने अगुवाहरुले राष्ट्रको र जनताको आधारभुत आवश्यकता पूर्तिका निम्ति समर्पित हुनुपर्छ ।” 

मन्त्रि श्रेष्ठले आफु आफ्नो कार्यकालमा यातायातको क्षेत्रमा जनताले दैनिक जीवनमा भोग्नुपरेको सकस समाधान गर्ने , सुशासन स्थापनाको लागि आफ्नो भूमिका निर्वाह गर्ने लगायतका योजनाहरुलाई कार्यदल बनाएर अगाडी बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले