गौशालामा नव विवाहित युवतिको बुबा न्यायको लागि विभिन्न निकायहरुमा भौतारिदै, सम्बन्धित निकाय मौन 

3 वर्ष पहिले प्रकाशित

(2079-11-04 B.S.)

13906 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 
महोत्तरी , फाल्गुन ४ गते 

महोत्तरीको गौशालामा एक नव विवाहित महिलामाथि अन्याय भएपछी उनका बुबा न्याय माग्दै विभिन्न निकायलाई गुहार गरेका छन् । युवतीको बुबा सुकदेव पुर्वे करिब एक साता देखि छोरीको न्यायको लागि विभिन्न ठाउँमा भौतारीरहेका छन् तर सम्बन्धित निकाय मौन देखिएको छ ।

भर्खरै विवाह भएको छोरीको घरासयी जीवनमा समस्या सिर्जना भइ छोरीमाथि निर्घात कुटपिट ,जबर्जस्तीको शारीरिक सम्बन्ध ,यातना भएपछी उनि प्रहरी प्रशासन , नगरपालिकाको न्यायिक समिति , महिला संघ संस्थाको चक्कर काट्दा पनि उनको गुनासो कसैले नसुनेको उनि आरोप लगाउछन् ।
 
प्रहरी तथा नगरपालिकाले न्यायको ढोका नै बन्द गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन्  । साथै समबन्धित निकायले चासो नलिएपछी उनि भन्छन , "सबै बुबाको चाहना हुन्छ ,आफ्नो छोरीलाई खुसि र सुखी हेर्ने । गौशालामा आफ्नै मेडिकल भएको केटा खोजेर ऋण काढेर मैले छोरीको विवाह गरे । बिहेको ऋण तिर्नको लागि म अहिले भारतको लुधियानामा बसेर मेहनत मजदुरी गर्दै आइरहेको छु । तर मेरी छोरी विहेको केहि महिना नबित्दै ससुराली पक्षको कठोर हिंसामा परेकी छिन। उसलाई यसबाट मुक्ति दिलाउनको लागि मैले जति प्रयास गरेपनि केहि लागेन ।"

उनले प्रहरीले पनि छोरीमाथि शोषण र कुटपिट भएको खबर पाएपछी ससुरालाई पक्राउ गरि २ घण्टामा नै छोडेको आरोप लगाए । "प्रहरीले पनि दोषीलाई पक्राउ गर्छ अनि केहि बेर मै छोडीदिन्छ र उनीहरु छुटेपछी फेरी मेरी छोरीलाई त्यस्तै व्यवहार कुटपिट र यातना दिन्छ उनीहरुले  ।"
 
उक्त युवतिको ४ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो ।  यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग दस लाख दाइजोको साथ उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमानबाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए । 

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी ४  दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो । युवतिको भनाइ अनुसार अहिलेको श्रीमानले पनि उनलाई यातना दिदै आएका छन्  ।

त्यस्तै बिहिबार शैलेन्द्र साहले  युवतिको गालामा जबर्जस्ति टोकेर निलडाम बनाएको छ । छोरीमाथि भएको यस्तो अन्याय देखेर युवतिको बुबा न्याय माग्दै गौशालामा भौतारिरहेका  छन । उनि भन्छन,  "मेरो घर धनुषा जिल्लामा छ । धनुषाको छोरीले आज महोत्तरीमा न्याय नपाउनु भनेको भोलिको दिनमा महोत्तरीको गौशालामा आफ्नो छोरी दिन सोच्नु नै पर्नेछ ।आज मलाई गौशालामा न्याय मिलेन भने भोलिको दिनमा धनुषामा गौशालाको छोरीको बुबा  कसरि  न्याय पाउला ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले