गौशाला नगरपालिकाले मनायो नारी दिवस , महिलाहरुको सर्वांगीण विकासमा उपप्रमुख रेणु महतोको जोड

4 वर्ष पहिले प्रकाशित

(2079-11-22 B.S.)

3523 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन २२ गते

महोत्तरीको गौशालामा नगरपालिकाले भव्यताका साथ नारी दिवस मनाएको छ । प्रत्येक वर्ष ८ मार्च को दिन मा मनाइने नारी दिवसको आज ११३ औ दिन भएको छ । सो अवसरमा ‘लैंगिक समानताको बलियो , अधिकार सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार’ भन्ने मूल नाराको साथ गौशाला नगरपालिकाले  ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धि विभिन्न सांगीतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व उपप्रमुख आशा लामा ,सामाजिक विकास शाखा प्रमुख अस्मिता शर्मा , गौशाला प्राथमिक स्वास्थ्य चौकीको प्रमुख डा. पुजा यादव लगायत विभिन्न सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका , पालिकाको कर्मचारी तथा जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उपप्रमुख रेणु महतोले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” उपप्रमुख महतोले भन्नुभयो, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।” अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै उहाँले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पुर्व उपप्रमुख आशा लामाले मानिसको सोच र व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो , “महिला दिवसले विगतका संघर्ष र उपलब्धिको समीक्षा गर्दै आगामी सम्भावनाहरूको खोजी गर्ने अवसर दिएको छ । सबै मिलेर सामाजिक न्याय र समानतासहितको दिगो विकासतर्फ अग्रसर हुन र महिला दिवसका नारालाई व्यवहारमा ढाल्न सार्थक पहल गर्न अवश्यक छ ।” साथै उहाँले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले