बर्दिबासमा रातुठाकुर मोक्ष धाम निर्माण हुदै

4 वर्ष पहिले प्रकाशित

(2079-12-08 B.S.)

2104 पटक देखिएको

ममता शर्मा 
महोत्तरी , चैत्र ८ गते 

महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित रातुठाकुर मोक्षधामले नमुना पर्यटकीय स्थलको रुपमा मोक्षेश्व्र मन्दिर निर्माण गर्ने भएको छ ।मोक्षधामको समितिले पर्यटकीय क्षेत्र विकास गर्नको लागि चन्दा संकलन गरि उक्त स्थलमा नमुना पोखरी , आर्यधाट , खानेपानीको धारा ,फुलबारी , मानिसहरुलाई बस्नको लागि बसाइ स्थल लगायत निर्माण हुने भएको हो ।

बर्दिबास नगरपालिका १ रातोपुल स्थित उत्तर पट्टि रहको ५ बिघा जग्गामा पर्यटकीय स्थल बन्न लागेको समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उक्त स्थलमा हाल मोक्षेस्वर मन्दिरको निर्माण भएको छ । मन्दिर भन्दा केहि पर तिर लास जलाउनको लागि ५ आर्य स्थलको निर्माण भएको छ । १ लाख ५० हजार लिटरको विशाल पानी ट्यांकीको निर्माण भएको छ । साथै शौचालय , फुलबारी , पोखरी लगायत अन्य कुराहरु निर्माण छिट्टै हुने उनले बताए ।

चन्दा संकलन गरि हालसम्म २ करोड रकमको लगानी  उक्त स्थलमा भइसकेको र बाकी कुराहरुको निर्माणको लागि थप बजेट लाग्न सक्ने उनको भनाइ छ ।बर्दिबास नगरपालिकाले उक्त स्थल निर्माणको लागि हाल ६ लाख ६० हजार दिएको उनले जानकारी दिए ।

बर्दिबास नगरपालिका वडा न. १ , ४ , २ र १४ का वासिन्दाहरु यस स्थलमा आएर आराम , मनोरंजन गर्न पाओस भन्ने उद्देश्यले उक्त स्थलको निर्माण गर्न लागिएको देवकोटाले बताए । उनले भने , "यहाँ धेरै मानिसहरु आवतजावत गर्छन । उनीहरुलाई आराम गर्न , बस्न , शौचालयको सुविधा प्रदान गर्नको लागि यसको निर्माण गर्न लागेका हौ । पिकनिक स्थलको रुपमा पनि यसको विकास हुनेछ । मन्दिरको दर्शन पनि सर्वसाधारणले गर्न पाउनेछन् ।"

देवकोटाले मोक्षधाम समितिले निस्वार्थ रुपमा यस स्थलको सिर्जना गर्न लागिएको बताउदै यसमा सरसहयोग गर्ने इच्छा कोहि कसैलाई भएमा निर्धक्कसंग सम्पर्क गर्न अपिल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले