वर्षको करोडौ आम्दानी भएको निगौल गाई गौशालामा खानाबिना मर्दै गाईहरु
ममता शर्मा
महोत्तरी , चैत्र १२ गते
महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको अवस्था एकदमै जिर्ण बन्दै गएको छ । गौशाला नगरपालिका वडा न.३ र वडा न. ५ स्थित रहेको गौशालाको अवस्था कमजोर हुदै गएको छ । गाईहरुको संख्यामा कमि , कर्मचारीको तलब अभाव , संस्थामाथिको ऋण लगायतका कुराले निगौल गाई गौशालाको स्वरूप फेरिन सकेको छैन ।
बि.स.१९८३ मा स्थापना भएको निगौल गाई गौशाला नेपालकै पुरानो गौशाला हो निगौल गाई गौशाला व्यवस्थापन कार्यालयमा हाल १७६ ओटा गाई रहेको छ । गाईको सेवा तथा हेरचाहका लागि अहिले १२ जना कर्मचारी रहेको छ ।
राष्ट्रिय सहकारी बोर्डमार्फत संचालन हुदै आइरहेको गौशालाको बिगतमा भन्दा अहिले कहाली लाग्दो अवस्था रहेको हालको निमित्त कार्यालय प्रमुख वीर बहादुर चौधरीले बताए ।
एक वर्ष पहिला ५ सय गाई रहेकोमा हाल घटेर १७६ मात्र गाई रहेको चौधरीले बताए । गाईलाइ खुवाउनको लागि घास , चोकर , परालको आवश्यकता अनुसार पूर्ति नभएको कारणले मासिक दर्जनौ गाई मर्ने गरेको उनले बताए ।

खेत लिएका किसान , पोखरी ठेक्का लिएका ठेकदार , आप बगैचा ठेक्का लिएका ठेकेदार ,बजारमा रहेको सटर भाडामा लिएका व्यवसायीहरुले वर्षौदेखि पैसा नतिरेपछी गौशालाको गाईलाइ खानको लागि समेत अभाव भएको चौधरीले बताए। पैसाको लागि पटक पटक ताकेता गरेतापनि पैसा नदिने ,राजनीतिक दबाव दिने र अनेकौ धाकधम्कि समेत दिने गरेको उनको गुनासो छ । उनि भन्छन , "म आउनु भन्दा अगाडी १ कठ्ठा जग्गामा पनि घास थिएँन । म आए पछी ५ विघा जमिनमा होलिस्टन, बर्सिम घास र साहिवल घास लगाएको छु ।"

निगौल गाई गौशालाको करिब १४८ विघा जग्गा रहेकोमा १० विघा जग्गामा बागवानी , वर्ष लाखौ आम्दानी हुने पोखरी र गौशाला बजारमा रहेको सटरबाट वर्षको लाखौ आम्दानी आउने हुदा हुदै पनि विगत आर्थिक वर्षको लाखौ पैसा असुल हुन बाकी रहेको उनले बताए ।

एम . के. ट्रेडर्स बगैचाको ३ लाख ३८ हजार ,रामवृक्ष साह तेली ४ लाख ७५ हजार , महा लक्ष्मी खाद्य तथा विज भण्डार ६९ हजार , जय हनुमान गल्ला भण्डार ६८ हजार , शेष हस्मत अटो पार्ट सेन्टर १ लाख ९१ हजार , नेपाल रेडक्रस सोसाइटी ५३ हजार , सिकिन्दर मोटर साइकल वर्क सप ११ हजार ९ सय , साह किसान ट्रेडर्स ४९ हजार ३ सय , जनकपुर कान उपचार केन्द्र ८ हजार ७ सय , खेतको मनखपबाट आ.व. २०७८ /०७९ को ३ लाख ९५ हजार र गौशाला नगरपालिका संग आ.व. २०७२ /०७३ को बाकी ६३ हजार ८ सय ४० र २०७३ /०७४ देखि हाल सम्मको रकम असुल उपर गर्न बाकी रहेको उनले जानकारी दिए ।
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
15 घन्टा पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
10 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
19 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
कमेन्ट गर्नुहोस्
view comments