विश्व बैंकले आर्थिक पुनर्बहालीका लागि नेपाललाई करिब ५४ अर्ब २८ करोड रुपैयाँ थप ऋण सहयोग

6 वर्ष पहिले प्रकाशित

(2077-02-29 B.S.)

4778 पटक देखिएको

काठमाडौं । विश्व बैंकले आर्थिक पुनर्बहालीका लागि नेपाललाई करिब ५४ अर्ब २८ करोड रुपैयाँ थप ऋण सहयोग दिने भएको छ । विश्वबैंकले रणनीतिक सडक सुधारका लागि ४५ करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको हो ।

बैंकको बोर्ड बैठकले नेपालको सडक पूर्वाधारको स्तरोन्नतिका लागि यो रकम दिन लागेको हो । बैंकले कोभिड–१९ महामारीपछि मात्रै नेपाललाई १ खर्ब ३० अर्ब दिइसकेको छ । यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।

बिहीबार दिने भनिएको ऋण सहयोग आगामी आर्थिक वर्ष २०७७र७८ का लागि रहेको विश्व बैंकले जनाएको छ । सहायता रकम रणनीति सडक निर्माणमा प्रयोग गरिने बताइएको छ । अन्तरदेशीय व्यापारिक मार्ग निर्माण, व्यापार वृद्धि, थप रोजगारी सिर्जना र सुरक्षित सडक यातायात विकासका लागि खर्च हुने गरी स्वीकृत गरिएको हो । (राजधानी दैनिकमा खबर छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले