गौशालामा एक महिलामाथि मरणासन्न हुने गरि कुटपिट , महिलाकर्मी र प्रहरी प्रशासन बेपरवाह
गौशाला , चैत्र २० गते
गौशालामा एक महिलामाथि प्राणघाती कुटपिट भएको छ । आइतबार राती गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको लालेन्द्र मेडिकलको संचालक रामचन्द्र साहको बुहारीमाथि आफ्नै श्रीमान ससुरा र नन्दले मरणासन्न हुने गरि कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय गौशालाले कुटपिट गर्ने ससुरा, श्रीमान र एक नन्द पक्राउ परेको छ भने अर्को नन्द तुलसी साह फरार रहेको जनाएको छ । त्यस्तै सोमबार बिहान एसइई परीक्षा दिनको लागि नन्द अर्चनालाई छोडेको इलाका प्रहरी कार्यालयका प्रमुख मनोज कुमार यादवले जानकारी दिएका छन् ।
ससुरा रामचन्द्र साह , श्रीमान् शैलेन्द्र साह , नन्द अर्चना र तुलसी साहले ति युवतिलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको गौशाला पोलिक्लिनिकमा हाल भर्ना भएकी पिडित युवतीले बताइन ।
पटक पटक आफ्ना श्रीमान , ससुरा र नन्दले आफुलाई सन्तान नपाएको भनेर अनेक यातना , हिँसा गर्ने गरेको उनको भनाइ छ । धेरै चोटी आफुलाई हिँसा गर्ने दोषीहरुलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएपनि केहि बेरमै छोडदिने गरेको उनको भनाइ छ ।
महोत्तरी जिल्लामा धेरै महिलाकर्मी छन् तर वास्तिक समस्या आइपर्दा कोहि पनि अगाडी नबढ्ने गरेको उनको आरोप छ । महिलाको हकहितको लागि ओरेक नेपाल जस्ता संस्थाले उद्धारको कार्य गर्दै आइरहेपनि अहिले उनलाई कुनै पनि संस्थाले गुहार गर्दा पनि सहयोग नगरेको उनको गुनासो छ ।
ति युवतिको केहि दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।
शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन । त्यसपछी उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो ।
विवाह भएको २४ घण्टा नबित्दै उनलाई नन्द , दुवै श्रीमान र ससुरा मिलेर मरणासन्न हुनेगरि कुटपिट गरेका थिए । सो घटना पछी प्रहरीले रामचन्द्र साहलाई पक्राउ गरेको थियो । तर केहि बेरमै छोडेको थियो।
उनिमाथि ससुराली पक्षको परिवारले विवाह भएदेखि नै अनेक कुरामा हिँसा गर्दै आइरहेको युवतिको भनाइ छ । साथै उनले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन ।
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
14 घन्टा पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
10 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
19 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
कमेन्ट गर्नुहोस्
view comments