बाँके खोलामा अवैध उत्खनन, ईश्वरपुर नगरपालिका वेपरवाह
महोत्तरी , २३ गते
महोत्तरी र सर्लाहीको सिमानामा अवस्थित रहेको बाँके खोलामा अवैध उत्खनन भइरहेको पाइएको छ । खोलामा अवैध रूपमा स्काइभेटरको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थको उत्खनन हुदा पनि इश्वरपुर नगरपालिकाले वेवास्ता गरेको हो ।
गौशाला नगरपालिका र इश्वरपुर नगरपालिकाबीच आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको छ।
अवैध उत्खननको सूचना पाएपछी आज गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोको टोलि सहित अनुगमनमा जादा नियम विपरित खोलामा अबैध उत्खनन भएको पाइएको हो ।
१ वर्ष गौशाला नगरपालिका र १ वर्ष इश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने आपसी सहमति भएको छ । यसपालि इश्वरपुर नगरपालिकाले ठेक्का लगाउनुपर्ने भएकोले पालिकाले वेपरवाह रुपमा आवश्यकता भन्दा बढी र नियम विपरित अवैध उत्खनन गरेको पाइएको गौशाला नगरपालिकाको इन्जिनियर अजय कुमार यादवले बताए ।
विजय निर्माण सेवा बर्दिवास- १२ ले १ करोड ६ लाखमा खोला ठेक्कामा लिएको उनले जानकारी दिए ।
गौशाला नगरपालिका वडा न. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले इश्वरपुर नगरपालिकाको मिलोमतोमा यसरि अवैध उत्खनन भईरहेको बताए ।
बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्न सक्ने नगर प्रमुख महतोको भनाइ छ। उनले यसरि इश्वरपुर नगरपालिका वेपरवाह हुनु अनुचित भएको बताए । उनले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । साथै उनले यसरी अवैध उत्खनन गर्ने ठेकेदारहरुलाई कडा भन्दा कडा कारवाहीको लागि हदै सम्मको प्रयास गर्ने दावी समेत गरे ।

आज अवैध रुपमा उत्खनन गरिरहेका १० ओटा स्काइभेटरमध्य २ ओटालाई नियन्त्रणमा लिन खोज्दा ठेकेदार पक्षका करिब २ सय जना मान्छे भेला भइ स्काइभेटर ल्याउन नदिएपछी जनपद प्रहरी , सशस्त्र प्रहरी र नगर प्रहरीले स्काइभेटर खोलामै छोडेर फर्किएका छन् ।

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
4 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
4 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments