बाँके खोलामा अवैध उत्खनन, ईश्वरपुर नगरपालिका वेपरवाह
महोत्तरी , २३ गते
महोत्तरी र सर्लाहीको सिमानामा अवस्थित रहेको बाँके खोलामा अवैध उत्खनन भइरहेको पाइएको छ । खोलामा अवैध रूपमा स्काइभेटरको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थको उत्खनन हुदा पनि इश्वरपुर नगरपालिकाले वेवास्ता गरेको हो ।
गौशाला नगरपालिका र इश्वरपुर नगरपालिकाबीच आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको छ।
अवैध उत्खननको सूचना पाएपछी आज गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोको टोलि सहित अनुगमनमा जादा नियम विपरित खोलामा अबैध उत्खनन भएको पाइएको हो ।
१ वर्ष गौशाला नगरपालिका र १ वर्ष इश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने आपसी सहमति भएको छ । यसपालि इश्वरपुर नगरपालिकाले ठेक्का लगाउनुपर्ने भएकोले पालिकाले वेपरवाह रुपमा आवश्यकता भन्दा बढी र नियम विपरित अवैध उत्खनन गरेको पाइएको गौशाला नगरपालिकाको इन्जिनियर अजय कुमार यादवले बताए ।
विजय निर्माण सेवा बर्दिवास- १२ ले १ करोड ६ लाखमा खोला ठेक्कामा लिएको उनले जानकारी दिए ।
गौशाला नगरपालिका वडा न. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले इश्वरपुर नगरपालिकाको मिलोमतोमा यसरि अवैध उत्खनन भईरहेको बताए ।
बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्न सक्ने नगर प्रमुख महतोको भनाइ छ। उनले यसरि इश्वरपुर नगरपालिका वेपरवाह हुनु अनुचित भएको बताए । उनले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । साथै उनले यसरी अवैध उत्खनन गर्ने ठेकेदारहरुलाई कडा भन्दा कडा कारवाहीको लागि हदै सम्मको प्रयास गर्ने दावी समेत गरे ।

आज अवैध रुपमा उत्खनन गरिरहेका १० ओटा स्काइभेटरमध्य २ ओटालाई नियन्त्रणमा लिन खोज्दा ठेकेदार पक्षका करिब २ सय जना मान्छे भेला भइ स्काइभेटर ल्याउन नदिएपछी जनपद प्रहरी , सशस्त्र प्रहरी र नगर प्रहरीले स्काइभेटर खोलामै छोडेर फर्किएका छन् ।

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
13 घन्टा पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
10 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
19 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
कमेन्ट गर्नुहोस्
view comments