आरतीको हत्यारालाई कारवाहीको माग गर्दै गौशालामा आन्दोलनमा उत्रिए जनसमुदाय तथा महिला संजाल
ममता शर्मा
महोत्तरी , बैशाख ११ गते
महोत्तरीको गौशालामा आरतीको हत्यारालाई कारवाहीको माग गर्दै जनसमुदाय तथा महिला संजालका व्यक्तिहरु आन्दोलनमा उत्रिएका छन् । गत शुक्रबार राती विष सेवन गराई आरतिको हत्या गरेको आरोप लागेका श्रीमान , नन्द र जेठाजुलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दै गौशाला -४ रजखोरका जनताहरु आन्दोलनमा उत्रीएका हुन् ।

सोमबार गौशाला नगरपालिका वडा न.४ मल्हनिया पोखरी स्थित सडक खण्डमा सयौको संख्यामा विरोधमा उत्रिएका जनसमुदायले प्ले कार्ड बोकेर , टायर बालेर र करिब डेढ घण्टा सडक अवरुद्ध गरेर चर्को नारावाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी जनसमुदायले दोषीलाई कारवाही गर , महिला विरुद्धको हिँसा बन्द गर , हत्यारालाइ सजाय दे ,फरार नन्दलाइ पक्राउ गर ,पिडितलाइ न्याय दे ,मृतकको बच्चालाइ संरक्षण दे , उमेश साह मुर्दाबाद , आशा साह मुर्दाबाद ,जेठाजु बिनोद साहलाइ पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
आरोपित उमेश साहलाइ पक्राउ गरेपनि नन्द आशा साह र जेठाजु विनोद साहलाई प्रहरीले पक्राउ नगरेकोले जनसमुदायले पक्राउ गर्नका निम्ति माग गरेका छन् ।
आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । झडपको क्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादव सहित केहि प्रहरी र केहि जनसमुदाय सामान्य घाइते भएका थिए स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १३ सेल अश्रु ग्याँस र ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।

गत शुक्रबार गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवनबाट मृतु भएको थियो । मृतक आरतिको बुबा बलि साहको अनुसार शुक्रबार श्रीमान र नन्द मिलेर आरतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते आरतिलाई उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको चिकित्सकको भनाई छ ।
मृतक युवतिको उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो। श्रीमानले मृतक आरतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकको भनाइ छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments