मधेश प्रदेशलाइ भ्रष्टचार  नहुने प्रदेशको रुपमा स्थापित गर्नेछु : मुख्यमन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

(2080-01-20 B.S.)

2813 पटक देखिएको

महोत्तरी ,ममता शर्मा  । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले  मधेश प्रदेशलाइ भ्रष्टचार  नहुने प्रदेशको रुपमा स्थापित गर्ने दावी गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटीको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टचार उन्मुलनका निम्ति हरेक तवरले प्रयासरत रहने बताए ।
उनले प्रदेश सरकारसँग आफ्नो कुनै संयन्त्र नभएकाले कार्य सम्पादन गर्न निकै गाह्रो भइरहेको गुनासो गर्दै संघीय सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसक्ने दावी गरे । ‘संघीय सरकारबाट यो देशमा कहिल्यै भष्ट्रचार नियन्त्रण हुँदैन्, यो मेरो दावा छ’ उनले ठोकुवा गर्दै भने, ‘तर प्रदेश सरकारले नियन्त्रण गरेर छाड्छ । प्रहरी समायोजन, कर्मचारी समाजोजन गरिदिनु २४ घण्टाभित्र म अपराध नियन्त्रण गर्छु ।’

उनले प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्र जनअपेक्षा बमोजिक काम गर्न सक्ने बताउँदै संघीय प्रहरी र कर्मचारीले प्रदेश सरकारलाई वेवास्ता गर्ने गरेको अनुभव सुनाए । ‘हामी आज यो कार्यक्रममा आयौं , एसपी, सिडियोलाई मिटिङ्ग परिहाल्यो’ उनले गुनासो गर्दै भने , ‘जुनसुकै कार्यक्रममा एसपी , सिडियो बसेको हुन्छन् तर मुख्यमन्त्री पुगेपछि उनीहरुको जरुरी मिटिङ्ग परिहाल्छ । उनीहरु बस्न चाहँदैनन् ।

अर्को एक प्रसंगमा उनले प्रदेश सरकारले पत्रकारहरुलाई चाहिएको सहयोग गर्न सदैव तयार रहेको जनाउँदै पत्रकारहरुले पनि तथ्यमा आधारित भएर समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव श्याम बञ्जाराले संचालन गरेको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य युवराज भट्टराई ‘समिर’, कनिष पटेल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्ण लगायत मधेस प्रदेशका ८ वटा जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

18 दिन पहिले