मधेश प्रदेशलाइ भ्रष्टचार नहुने प्रदेशको रुपमा स्थापित गर्नेछु : मुख्यमन्त्री यादव
महोत्तरी ,ममता शर्मा ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाइ भ्रष्टचार नहुने प्रदेशको रुपमा स्थापित गर्ने दावी गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटीको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टचार उन्मुलनका निम्ति हरेक तवरले प्रयासरत रहने बताए ।
उनले प्रदेश सरकारसँग आफ्नो कुनै संयन्त्र नभएकाले कार्य सम्पादन गर्न निकै गाह्रो भइरहेको गुनासो गर्दै संघीय सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसक्ने दावी गरे । ‘संघीय सरकारबाट यो देशमा कहिल्यै भष्ट्रचार नियन्त्रण हुँदैन्, यो मेरो दावा छ’ उनले ठोकुवा गर्दै भने, ‘तर प्रदेश सरकारले नियन्त्रण गरेर छाड्छ । प्रहरी समायोजन, कर्मचारी समाजोजन गरिदिनु २४ घण्टाभित्र म अपराध नियन्त्रण गर्छु ।’

उनले प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्र जनअपेक्षा बमोजिक काम गर्न सक्ने बताउँदै संघीय प्रहरी र कर्मचारीले प्रदेश सरकारलाई वेवास्ता गर्ने गरेको अनुभव सुनाए । ‘हामी आज यो कार्यक्रममा आयौं , एसपी, सिडियोलाई मिटिङ्ग परिहाल्यो’ उनले गुनासो गर्दै भने , ‘जुनसुकै कार्यक्रममा एसपी , सिडियो बसेको हुन्छन् तर मुख्यमन्त्री पुगेपछि उनीहरुको जरुरी मिटिङ्ग परिहाल्छ । उनीहरु बस्न चाहँदैनन् ।
अर्को एक प्रसंगमा उनले प्रदेश सरकारले पत्रकारहरुलाई चाहिएको सहयोग गर्न सदैव तयार रहेको जनाउँदै पत्रकारहरुले पनि तथ्यमा आधारित भएर समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव श्याम बञ्जाराले संचालन गरेको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य युवराज भट्टराई ‘समिर’, कनिष पटेल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्ण लगायत मधेस प्रदेशका ८ वटा जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments