गौशालामा  शिक्षक सरुवा विवादस्पद , महासंघद्वारा आन्दोलन गर्ने चेतावनी

3 वर्ष पहिले प्रकाशित

(2080-02-04 B.S.)

8882 पटक देखिएको

ममता शर्मा

महोत्तरी , जेठ ४ गते

महोत्तरीको गौशाला नगरपालिकामा भएको शिक्षक सरुवा अनाधिकृत भएको नेपाल शिक्षक महासंघ गौशाला नगर समितिले जनाएको छ  । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक सरुवाको घोर भत्सर्ना गरेको हो  । बुधबार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका ९९ शिक्षकहरुलाई नगरभित्र सरुवा गरिएको छ  । जसको महासंघले विरोध गर्दै शिक्षक सरुवा निन्दनीय कार्य रहेको जनाएको छ  । शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को अनुसूची १७ बमोजिम ९९ को उपदफा विपरित अनाधिकृत रुपमा शिक्षक सरुवा गरेको हुँदा उक्त निन्दनीय कार्यको महासंघ घोर भत्सर्ना गर्दछ , विज्ञप्तिमा भनिएको छ  ।

त्यस्तै सरुवा भएका शिक्षकहरुलाई पत्र नबुझ्न तथा बुझेका शिक्षकहरुलाई आफुले कार्य गर्दै आइरहेको विद्यालयमा नै कार्य गरिरहन महासंघले अनुरोध गरेको छ  ।

शिक्षक सरुवा यथाशिघ्र सच्याउनुपर्ने माग गर्दै नसच्याएमा कडा आन्दोलनमा जाने महासंघका नगर अध्यक्ष नकुल उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

महोत्तरी स्थित नेपाल शिक्षक महासंघमा आवद्ध सम्पूर्ण फ्रन्टका पदाधिकारी जेठ ६ गते शनिवार त्रिभुवन मा. वि. मा भेला भइ आन्दोलनका कार्यक्रम बनाइ चरमबद्ध आन्दोलन घोषणा गर्ने नगर अध्यक्ष नकुल उप्रेतीले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले