गौशालाका गंगा ठाकुरले बंगुर फर्मबाट लाखौं कमाउदै
मनिषा शर्मा
महोत्तरी , जेठ २० गते
महोत्तरीको गौशाला नगरपालिका वडा न .४ निवासी गंगा ठाकुरले बंगुर फर्मबाट महिनाको लाखौं आमदानी गर्ने गरेका छन । ठाकुरको बंगुर फर्ममा अहिले ७२ ओटा बंगुर राखिएको छ ।
यो भन्दा पहिला ठाकुर खाडी मुलुकमा मासिक एक लाख कमाइरहेका थिए । तर जति कमाएपनि अरुको देशमा अरुकै इसारामा काम गर्नु भनेको सजिलो नभएको उनि बताउछन् । उनि भन्छन , 'विदेशमा न समय मा खाना हुन्थ्यो न त आराम नै । घरपरिवारलाइ छोडेर अरुको देश मा बस्नु भनेको धेरै नै गार्हो हो । करिव पाँच वर्ष पछी आफ्नै देश फर्किए र ठाकुर कृषि तथा बंगुर पालन फर्म संचालन गरे मैले ।'

अहिले बंगुर फार्मले घर परिवार चलाउन सहज भएको र छोरा छोरीलाइ पठन पाठन गराउन पनि कठिनाइ नभएको ठाकुरले बताए । उनले भने, 'अहिने बंगुर बेचेर महिनाको लाख जति आरामले आम्दानि गर्न सफल भएको छु । फार्ममा प्रशस्त मात्रामा बंगुर पनि छ । म र मेरो परिवार सबै मिलेर बंगुरलाइ पालन पोशनमा जुटेका छौ ।'
बंगुरले सालमा २ पल्ट बच्चा जन्माउने गर्छन । एउटा बंगुरले एक चोटीमा १५ देखि १८ वटा सम्म बच्चा जन्माउने गर्दछन । ४ /५ महिनाको एउटा बंगुरको बच्चा करिब पाँच हजार देखि लिएर आठ हजार सम्ममा बिक्ने गर्दछन ।

जस सन्तुष्ट ठाकुर भन्छन , 'विदेश हैन स्वदेश नै राम्रो छ । यदि हामीले चाह्यौ आफ्नै देशमा यस्तो खालका अनेक व्यवसाय गरेर लाखौ कमाउन सक्छौ । तर यहाँको युवाहरुमा त्यो जोस जागरण छैन । अरुको देशमा गएर मिहिनेत गर्नु भन्दा आफ्नै देशमा मिहिनेत गरेर बस्नु पर्छ ।

केहि वर्ष पहिला ऋणमा डुबेका ठाकुर अहिले बंगुर पालनबाट निकै लाभान्वित भएको बताउदै आफ्नो सम्पूर्ण आर्थिक समस्याहरुको समाधान भएको बताउछन् । साथै उनि यसरि नै मधेशका युवाहरु स्वदेशमै मेहनत गर्न अनुरोध पनि गर्दछन ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments