गौशालामा दादुरा रोग तथा रुग्नता निवारण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह
महोत्तरी , जेष्ठ ३१ गते
गौशाला नगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच आज छलफल भएको छ । गौशाला नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभुमिखीकरण कार्यक्रममा दादुरा रोग तथा रुग्नता निवारणको विषयमा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी मनोज सिंह , नगर प्रमुख डा. दिपेन्द्र महतो , प्राथमिक स्वास्थ्य चौकी गौशालाका प्रमुख पुजा यादव , विभिन्न विद्यालयका शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा. पुजा यादवले दादुरा(रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन ए खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता, समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले यहि मिति २०८० साल असार ४ गतेदेखि ८ गतेसम्म ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकाको लागि दादुरा क्याम्प संचालन हुने जानकारी दिनुभयो ।
त्यस्तै नगर प्रमुख डा. दिपेन्द्र महतोले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले गरिरहेको र गर्ने गतिविधिको बारेमा जानकारी दिनुभयो ।उहाँले रोग पहिचान, उपचार, जनचेतनामूलक कार्यक्रमसंगै खोप अभियानबारे नगरपालिकाले गरिरहेका कार्यहरुबारे जानकारी गराउनुभयो ।
त्यस्तै स्वास्थ्य शाखाका कर्मचारी मनोज सिंहले अन्य ठाउँमा दादुरा फैलिन नदिन सबै एकिकृत ढंगले लाग्नुपर्ने बताउनुभयो ।उहाँले दादुरा महामारीकै रुपमा फैलिएकाले सचेत बन्नुपर्ने बताउनुभयो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments