राजनीतिको चपेटमा गौशालाको सामुदायिक विद्यालयका विद्यार्थीहरु
ममता शर्मा
महोत्तरी , जेष्ठ ३२ गते
महोत्तरीको गौशालामा भएको शिक्षक सरुवामा राजनीति भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । बिहिबार गौशाला नगरपालिकाको कार्यालय परिसर स्थित रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक सरुवा शिक्षक र राजनीतिक विषय भएपनि यसको चपेटामा रामनगर मा. वि. विद्यार्थी परेका छन् ।
कक्षा ८ , ९ र १० का विद्यार्थीहरु विद्यालयमा भएको शिक्षक हरुको सरुवा रोक्का हुनुपर्ने , विद्यालयमा पुरानै शिक्षकहरुबाट पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
आन्दोलनमा सहभागी विद्यार्थीहरुले ‘शिक्षामा राजनीति गर्न पाइदैन , गौशाला नगरपालिका मुर्दावाद , शिक्षा शाखा मुर्दावाद, शिक्षक सरुवा गर्न पाइदैन , विद्यार्थीको माग पुरा गर लगायतका नाराबाजी समेत गरेका थिए ।

विद्यालयमा मनस्थिति ठिक नभएको शिक्षक सरुवा भएर आउन लागेको थाहा पाएर शिक्षक सरुवाको विरोध गर्नु परेको आन्दोलनमा सहभागी विद्यार्थीले रोशन कुमार महतोले बताए । साथै उनले शिक्षक सरुवा रोक्का नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
यसरि शिक्षक र जनप्रतिनिधिले विद्यार्थीहरुलाई उक्साएर राजनीतिको चपेटामा पारेको एक स्थानीयले आपत्ति जनाएका छन् । उनले भने , ‘जुन शिक्षकबाट विद्यार्थीले पढेका पनि छैनन् ,उसको बारेमा यसरि मनस्थिति ठिक छैन भन्ने कुराले प्रस्ट भएको छ कि यहाँ विद्यार्थीलाई भ्रमित पारिएको छ । शिक्षकहरुले आफ्नो स्वार्थ पुरा गर्न यो सब गरिरहेको हो । तर यसरि विद्यार्थीलाई उक्साएर आन्दोलन गराउनुले शिक्षकको राजनीतिक गतिविधि झन् बढेको छ भनेर थाहा हुन्छ ।"
यस सम्बन्धमा आफ्नो प्रतिक्रिया दिदै गौशाला नगरपालिका वडा न. १ रामनगरका वडा अध्यक्ष नविन साहले शिक्षक सरुवा कुनै पनि सम्बन्धित व्यक्तिहरुको सहमति अनुसार नभएर नगर प्रमुख डा. दिपेन्द्र महतोले एकलौटी निर्णय गरेकोले यो समस्या सिर्जना भएको बताए । साथै शिक्षक सरुवा पारदर्शी समेत नभएकोले यसमा चरम राजनीति भएको उनले जिकिर गरे अध्यक्ष साहले शिक्षक सरुवा भएपनि सबैको सहमति ,उचित व्यवस्थापन र पारदर्शी तरिकाले भएमा मात्र उचित हुने बताए ।

आन्दोललित विद्यार्थी , वडा अध्यक्ष , उपमेयर मिलेर लगाएको ताल्चा करिब २ घण्टापछी नगर प्रमुख डा. महतोले ताल्चा तोडेर नगरपालिकाको कार्य संचालनमा ल्याएका थिए ।

नगर प्रमुख महतोले विद्यार्थीलाई उक्साएर आन्दोलन गर्न लगाउनु अपराध मात्र नभएर उनिहरुको भविष्यको संग खेलवाड गर्नु रहेको बताए । उनले भने , ‘ यो विद्यार्थीको आन्दोलन होइन ।यो शिक्षक र जनप्रतिनिधिबीचको विभेद विचारको आन्दोलन हो । यसमा विद्यार्थी संलग्न गराउनु गलत हो । त्यसैले यसको म घोर विरोध गर्दछु र कानुनी प्रक्रियामा गएर मानहानीको मुद्धा हाल्छु ।"


गौशला नगरपालिकामा शिक्षक सरुवा विवादित बनेको छ । गौशला नगरपालिकामा अवस्थित सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षहरुको गत जेठ ३ गते वुधबार काज सरुवा गरिएको हो । नगर प्रमुख डा. दिपेन्द्र महतोले गुणस्तर शिक्षाका निम्ति गरेको शिक्षक सरुवा अहिले विवादित बनेको छ ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments