राजनीतिको चपेटमा गौशालाको सामुदायिक विद्यालयका विद्यार्थीहरु
ममता शर्मा
महोत्तरी , जेष्ठ ३२ गते
महोत्तरीको गौशालामा भएको शिक्षक सरुवामा राजनीति भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । बिहिबार गौशाला नगरपालिकाको कार्यालय परिसर स्थित रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक सरुवा शिक्षक र राजनीतिक विषय भएपनि यसको चपेटामा रामनगर मा. वि. विद्यार्थी परेका छन् ।
कक्षा ८ , ९ र १० का विद्यार्थीहरु विद्यालयमा भएको शिक्षक हरुको सरुवा रोक्का हुनुपर्ने , विद्यालयमा पुरानै शिक्षकहरुबाट पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
आन्दोलनमा सहभागी विद्यार्थीहरुले ‘शिक्षामा राजनीति गर्न पाइदैन , गौशाला नगरपालिका मुर्दावाद , शिक्षा शाखा मुर्दावाद, शिक्षक सरुवा गर्न पाइदैन , विद्यार्थीको माग पुरा गर लगायतका नाराबाजी समेत गरेका थिए ।

विद्यालयमा मनस्थिति ठिक नभएको शिक्षक सरुवा भएर आउन लागेको थाहा पाएर शिक्षक सरुवाको विरोध गर्नु परेको आन्दोलनमा सहभागी विद्यार्थीले रोशन कुमार महतोले बताए । साथै उनले शिक्षक सरुवा रोक्का नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
यसरि शिक्षक र जनप्रतिनिधिले विद्यार्थीहरुलाई उक्साएर राजनीतिको चपेटामा पारेको एक स्थानीयले आपत्ति जनाएका छन् । उनले भने , ‘जुन शिक्षकबाट विद्यार्थीले पढेका पनि छैनन् ,उसको बारेमा यसरि मनस्थिति ठिक छैन भन्ने कुराले प्रस्ट भएको छ कि यहाँ विद्यार्थीलाई भ्रमित पारिएको छ । शिक्षकहरुले आफ्नो स्वार्थ पुरा गर्न यो सब गरिरहेको हो । तर यसरि विद्यार्थीलाई उक्साएर आन्दोलन गराउनुले शिक्षकको राजनीतिक गतिविधि झन् बढेको छ भनेर थाहा हुन्छ ।"
यस सम्बन्धमा आफ्नो प्रतिक्रिया दिदै गौशाला नगरपालिका वडा न. १ रामनगरका वडा अध्यक्ष नविन साहले शिक्षक सरुवा कुनै पनि सम्बन्धित व्यक्तिहरुको सहमति अनुसार नभएर नगर प्रमुख डा. दिपेन्द्र महतोले एकलौटी निर्णय गरेकोले यो समस्या सिर्जना भएको बताए । साथै शिक्षक सरुवा पारदर्शी समेत नभएकोले यसमा चरम राजनीति भएको उनले जिकिर गरे अध्यक्ष साहले शिक्षक सरुवा भएपनि सबैको सहमति ,उचित व्यवस्थापन र पारदर्शी तरिकाले भएमा मात्र उचित हुने बताए ।

आन्दोललित विद्यार्थी , वडा अध्यक्ष , उपमेयर मिलेर लगाएको ताल्चा करिब २ घण्टापछी नगर प्रमुख डा. महतोले ताल्चा तोडेर नगरपालिकाको कार्य संचालनमा ल्याएका थिए ।

नगर प्रमुख महतोले विद्यार्थीलाई उक्साएर आन्दोलन गर्न लगाउनु अपराध मात्र नभएर उनिहरुको भविष्यको संग खेलवाड गर्नु रहेको बताए । उनले भने , ‘ यो विद्यार्थीको आन्दोलन होइन ।यो शिक्षक र जनप्रतिनिधिबीचको विभेद विचारको आन्दोलन हो । यसमा विद्यार्थी संलग्न गराउनु गलत हो । त्यसैले यसको म घोर विरोध गर्दछु र कानुनी प्रक्रियामा गएर मानहानीको मुद्धा हाल्छु ।"

गौशला नगरपालिकामा शिक्षक सरुवा विवादित बनेको छ । गौशला नगरपालिकामा अवस्थित सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षहरुको गत जेठ ३ गते वुधबार काज सरुवा गरिएको हो । नगर प्रमुख डा. दिपेन्द्र महतोले गुणस्तर शिक्षाका निम्ति गरेको शिक्षक सरुवा अहिले विवादित बनेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments