रामगोपालपुर नगरपालिकाले ल्यायो अनुमानित ४२ करोडको बजेट

3 वर्ष पहिले प्रकाशित

(2080-03-09 B.S.)

5962 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , असार ९ गते

महोत्तरीको रामगोपालपुर नगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । शनिबार रामगोपालपुर नगरपालिका वडा न. ४ स्थित रहेको सामुदायिक भवनमा आ.व. २०८०/०८१ को लागि नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रि तथा वर्तमान प्रदेश सभा सदस्य सरोज कुमार यादवले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभामा नगर प्रमुख रामदुलार साहले  नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा प्रमुख साहले ४२ करोड ४ लाख २९ हजार ८ सय बराबरको अनुमातित बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आ. व. २०७९/०८० मा ४१ करोड ५४ लाख ४७ हजार ४ सय बजेट रहेको समेत उनले जानकारी गराए । पालिकाले कृषि ,स्वास्थ्य , शिक्षालाई लक्षित गर्दै नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , परामर्शसहितको स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने , किसानहरुको खेतखेतमा विद्युतीयकरण गरि सिचाई व्यवस्था गर्ने , महिला स्वयंसेविकालाई प्रोत्साहनसहितको भत्ताको व्यवस्था गरिने , क्षयरोगमुक्त नगरपालिका घोषणा गराउने , स्वास्थ्य बिमा कार्यक्रम लयाउने , पूर्णखोप पालिका घोषणा गरिने , न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुचमा वृद्धि गर्ने लगायतका मुख्य रुपमा एक घर एक चापाकल लक्ष्य सहितको खानेपानी योजना ल्याउने नगरप्रमुख साहले जानकारी दिए 

कार्यक्रममा नगर प्रमुख साह , प्रदेश सभा सदस्य सरोज कुमार यादव , पुर्व संविधान सभा सदस्य लालेन्द्र मण्डल , प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डल , पुर्व नगर प्रमुख अशोक मण्डल , पुर्व नगर उपप्रमुख , पालिकाको सम्पूर्ण शाखाका कर्मचारीहरु , कार्यपालिका सदस्य , वडा न.१ देखि ९ सम्मका वडा अध्यक्षहरु , वडा सदस्यहरुलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु ,नागरिक अगुवाहरु , समाजसेवीहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डलले आफुले सम्पूर्ण कर्मचारीहरु एकजुट भएर अनुशासनपुर्वक विकासको कार्यमा अगाडी बढेको बताए । उनले कर्मचारीको अभाव भएतापनि पालिकाको विकास निर्माण कार्यमा सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

सभामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि यादवले रामगोपालपुर नगरपालिकाले दलित , पिछडावर्ग , उत्पीडित वर्गका समुदायलाई प्राथमिकताका साथ समेटेर अगाडी बढ्न नगरप्रमुखलाई आग्रह गरेका छन् । दलितहरुको लागि आवसको व्यवस्था , शिक्षाको पहुच, रोजगारीको अवसर प्रदान गर्न उनले अनुरोध गरे । यादवले यस पालिकाले कृषिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने धारणा राखे साथै उनले सम्पूर्ण वडामा माटो परिक्षण गरेर खेतीपातीका लागि योजना अगाडी सार्नुपर्ने सुझाव दिए । रामगोपालपुर नगरपालिकामा अवस्थित रहेको महोत्तरी जिल्लाको सबैभन्दा ठुलो पोखरी ‘सौतिनिया’ लाई सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो 

कार्यक्रममा नगरप्रमुख साहले सम्पूर्ण पालिकाको कर्मचारी , कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले अघिल्लो आर्थिक वर्षभन्दा यसपालिको आर्थिक वर्षमा सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे  पालिकाको सम्पूर्ण निकायलाई भ्रष्टाचारमुक्त बनाउने र दलभन्दा माथि उठेर काम र विकास गर्ने बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले