रामगोपालपुर नगरपालिकाले ल्यायो अनुमानित ४२ करोडको बजेट
निरन्जन कुमार साह
महोत्तरी , असार ९ गते
महोत्तरीको रामगोपालपुर नगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । शनिबार रामगोपालपुर नगरपालिका वडा न. ४ स्थित रहेको सामुदायिक भवनमा आ.व. २०८०/०८१ को लागि नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रि तथा वर्तमान प्रदेश सभा सदस्य सरोज कुमार यादवले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभामा नगर प्रमुख रामदुलार साहले नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा प्रमुख साहले ४२ करोड ४ लाख २९ हजार ८ सय बराबरको अनुमातित बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आ. व. २०७९/०८० मा ४१ करोड ५४ लाख ४७ हजार ४ सय बजेट रहेको समेत उनले जानकारी गराए । पालिकाले कृषि ,स्वास्थ्य , शिक्षालाई लक्षित गर्दै नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , परामर्शसहितको स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने , किसानहरुको खेतखेतमा विद्युतीयकरण गरि सिचाई व्यवस्था गर्ने , महिला स्वयंसेविकालाई प्रोत्साहनसहितको भत्ताको व्यवस्था गरिने , क्षयरोगमुक्त नगरपालिका घोषणा गराउने , स्वास्थ्य बिमा कार्यक्रम लयाउने , पूर्णखोप पालिका घोषणा गरिने , न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुचमा वृद्धि गर्ने लगायतका मुख्य रुपमा एक घर एक चापाकल लक्ष्य सहितको खानेपानी योजना ल्याउने नगरप्रमुख साहले जानकारी दिए ।


कार्यक्रममा नगर प्रमुख साह , प्रदेश सभा सदस्य सरोज कुमार यादव , पुर्व संविधान सभा सदस्य लालेन्द्र मण्डल , प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डल , पुर्व नगर प्रमुख अशोक मण्डल , पुर्व नगर उपप्रमुख , पालिकाको सम्पूर्ण शाखाका कर्मचारीहरु , कार्यपालिका सदस्य , वडा न.१ देखि ९ सम्मका वडा अध्यक्षहरु , वडा सदस्यहरुलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु ,नागरिक अगुवाहरु , समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डलले आफुले सम्पूर्ण कर्मचारीहरु एकजुट भएर अनुशासनपुर्वक विकासको कार्यमा अगाडी बढेको बताए । उनले कर्मचारीको अभाव भएतापनि पालिकाको विकास निर्माण कार्यमा सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

सभामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि यादवले रामगोपालपुर नगरपालिकाले दलित , पिछडावर्ग , उत्पीडित वर्गका समुदायलाई प्राथमिकताका साथ समेटेर अगाडी बढ्न नगरप्रमुखलाई आग्रह गरेका छन् । दलितहरुको लागि आवसको व्यवस्था , शिक्षाको पहुच, रोजगारीको अवसर प्रदान गर्न उनले अनुरोध गरे । यादवले यस पालिकाले कृषिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने धारणा राखे साथै उनले सम्पूर्ण वडामा माटो परिक्षण गरेर खेतीपातीका लागि योजना अगाडी सार्नुपर्ने सुझाव दिए । रामगोपालपुर नगरपालिकामा अवस्थित रहेको महोत्तरी जिल्लाको सबैभन्दा ठुलो पोखरी ‘सौतिनिया’ लाई सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख साहले सम्पूर्ण पालिकाको कर्मचारी , कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले अघिल्लो आर्थिक वर्षभन्दा यसपालिको आर्थिक वर्षमा सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । पालिकाको सम्पूर्ण निकायलाई भ्रष्टाचारमुक्त बनाउने र दलभन्दा माथि उठेर काम र विकास गर्ने बताए ।
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
5 घन्टा पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
9 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
9 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
10 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
19 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..

कमेन्ट गर्नुहोस्
view comments