बर्दिवासमा व्यवसायीहरुद्वारा विरोध प्रदर्शन 

3 वर्ष पहिले प्रकाशित

(2080-03-11 B.S.)

3733 पटक देखिएको

महोत्तरी , असार ११ गते 

महोत्तरीको बर्दिवासमा व्यवसायीहरुले सुरक्षाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । सोमबार  बर्दिवास १४ स्थित औरही रोडमा रहेका दुईवटा सुनचाँदी पसलमा एकै दिन चोरी भएपछि व्यवसाय सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको सुनचाँदी व्यवसयी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले बताए ।

आईतबार विहान ३ बजे न्यू साई ज्वेलर्स र श्रीहरी ज्वेलर्सको सटर खोली पसलबाट सेफ (लकर) र तयारी गरगहना सहित ७० लाख बराबरको धनमाल चोरी भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रहरीको बिट जनिकै मुख्य बजारक्षेत्रमा यस्तो घटना हुनु र समयमै प्रशासनले घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु व्यवसाय सुरक्षाको चुनौती रहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए ।

बर्दिवास बजारमा भएको चोरीको घटनाप्रति विभिन्न संघसंस्थाले खेद प्रकट गरेका छन् । बर्दिवास नगरपालिका, जिल्ला प्रशासन, इलाका प्रशासन र प्रहरीलाई ध्यनाकर्षण समेत बुझाइने खड्काले बताए । बजार क्षेत्रका हरेक चोक चोकमा सीसीटीभी लगाई चोरीमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने र आगामी दिनमा व्यवसायको सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग व्यवसयाीले राखेका छन् ।
केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि अहिले पुष्टी भइनसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । राजमार्गमा सीसी क्यामेरा नहुँदा घटनामाथि अनुसन्धान गर्न केही जटिलता भएको भए पनि प्रहरी अनुसन्धानमै रहेको गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

7 घन्टा पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

6 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

10 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

19 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..