गौशालामा रहेको करिब २ दर्जन लघुवित्तिय संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग
निरन्जन कुमार साह
महोत्तरी , असार १७ गते
महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ । आइतबार किसान मजदुर संघर्ष समितिले बजारभित्र रहेका लघुवित्तिय संस्थाहरुमा तोडफोड गरि ताल्चा लगाएका छन् । साथै लघुवित्तिय संस्थाका कर्मचारीहरु बैंकबाट समेत लखेटिएका छन् ।

संघर्ष समितिका संयोजक रामबाबु महतोको नेतृत्वमा पाच बुंदे मागसहित उनीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर , लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनहा गर , आम गरिव किसानहरुलाई नि :शुल्क ऋण प्रदान गर , आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर लगायत नाराबाजी गर्दै गौशाला बजार परिक्रमा गरि लघुवित्तिय संस्थाहरुमा तोडफोड गरेका छन् । तोडफोड भएपछी कतिपय संस्थाका कर्मचारीहरु भागे भने कतिपय संस्थाका कर्मचारीहरु कार्यालयभित्र थुनिएका छन् ।

आन्दोलनकारीहरुले बजार स्थित रहेको एन. आइ. सी. एसिया लघुवित संस्था लि. को पोस्टर च्यातेर ताल्चा लगाएका छन् ।
आन्दोलनमा लघुवित्तिय संस्थाबाट ऋण लिएका अधिकांस विपन्न दलित समुदाइका महिलाहरुको सहभागिता थियो । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गरेका छन् । लघुवित्तिय संस्थाहरु घरघर पुगी महिलाहरुलाई अनेकौ बचत हुने लोभ दिएर समुहमा सम्मिलित गराई पछी ऋण लिन लगाई किस्ता तिर्न नसकेपछि अनेकौ धाक धम्कि दिने समेत गरेका ऋणी महिलाहरुले आरोप लगाएका छन् ।
संयोजक रामबाबु महतोले यो पहिलो चरणको आन्दोलन रहेको र यसपछि क र ख वर्गका बैंकहरुलाई ताल्चा लागाउने कार्यक्रम रहेको बताए । साथै घर मालिकलाई यस्तो लघुवित्तिय संस्थाहरुलाई घर खाली गराउन समेत चेतावनी दिएका छन् ।
यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले यसरि लघुवित्तिय संस्थामा ताल्चा लगाई तोडफोड गर्नु गैरकानुनि भएको बताए । उनले यस्ता गतिविधि गर्नेलाई कानुनि दायरामा ल्याई कडा कारवाही गरिने समेत बताएका छन् । यदि लघुवित्तिय संस्थाहरुले उजुरी दिएमा यसरि अराजकता फैलाउने समिति र समुहलाई कारवाही गरिने जानकारी दिए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments