अनुगमनको हल्लाले लगातार ३ दिनदेखि गौशाला बजार बन्द
निरन्जन कुमार साह
महोत्तरी , असार २४ गते
महोत्तरीको गौशाला बजार ३ दिन देखि बन्द अवस्थामा रहेको छ । राजस्व कार्यालयबाट चेकजांच तथा अनुगमन गर्न कर्मचारी आउने भन्ने खबरले गौशाला बजारमा सबै पसलहरु बन्द भएका छन् । बजारमा बिहान केहिबेर पसलहरु खुलेपनि दिउँसोभरि पसल बन्द हुन्छन । स्थायी लेखा नम्बर नलिएका र समयमा कर चुक्ता नगरेकाहरूले पसल बन्द गरेको एक व्यापारीले बताए । उनले यसमा उद्योग वाणिज्य संघको कमीकमजोरी रहेको आरोप लगाएका छन् ।

राजस्व कार्यालयको अनुगमन आउने हल्लाले गौशाला बजार लगातार ३ दिन देखि सुनसान छ । गौशाला बजार महोत्तरी जिल्लाको मुख्य व्यापारी केन्द्रको रुपमा रहेको छ । कोशौ दुरबाट खरिदविक्री गर्ने ग्राहकहरुको यहाँ आगमन हुने गर्दछ तर तिन दिन देखि कोशौ दुरबाट आएका व्यक्तिहरु फर्केर जाने गरेका छन् । करिब १ हजार गाउँको खाधान्न आपूर्ति गर्ने गौशाला बजार ३ दिन देखि बन्द हुँदा करोडौको क्षति भएको छ । कर कार्यालयबाट अनुगमनमा आउने कर्मचारीले पसलको कागजात , मुल्य अभिवृद्धि कर तिरेको नतिरेको चेकजाँच गर्छ भन्ने डरले व्यापारीहरु पसल बन्द गरेर बसेका छन् ।
एक ग्राहकले कर तिर्नु अनिवार्य हो तर गौशाला बजारमा व्यापारीहरु अनुगमनको डरले पसल बन्द गर्नुले कर नतिरेको भन्ने प्रष्ट रुपमा बुझिएको बताए ।
गौशाला बजारमा उद्योग वाणिज्य संघ हुँदाहुदैँ पनि संघ नभएको जस्तो महसूश भएको व्यापारीहरुले आलोचना गरेका छन् । व्यापारीको साझा संस्था उद्योग वाणिज्य संघ भएपनि संघले यसबारेमा कुनै चासो नलिएको र संघका पदाधिकारीहरु आफ्नै तालमा हिडेको उनीहरुले गुनासो गरेका छन् । पदाधिकारीको कार्यकाल सकिएपनि पुरानै पदाधिकारी घिसिपिटी हिनिरहेको उनीहरुको भनाइ छ ।
यता यस सम्बन्धमा उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम प्रसाद साहले नविकरणको लागि पटक पटक सूचना निकालेपनि कुनै पनि व्यापारीले चासो नलिएको बताए । जसले गर्दा नयाँ पदाधिकारी चयनको परिस्थिति नबनेको उनको भनाइ छ । केहि व्यापारीहरुको कारण गौशाला उद्योग वाणिज्य संघ शक्ति विहिन ,सम्पर्कविहिन , नीतिनियम विहिन बनेकोले गौशाला बजार ३ दिन देखि अनुगमनको डर र त्रासले सुनसान भएको उनले बताए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments