गौशालामा मालपोत र नापी कार्यालयको सेवा सुचारुका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

2 वर्ष पहिले प्रकाशित

(2080-04-17 B.S.)

6814 पटक देखिएको

ममता शर्मा

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा २०७८ चैत २२ गते नेपाल सरकारद्वारा गौशालामा स्थापना भएको एकीकृत सेवा केन्द्र अन्तर्गत मालपोत र नापी कार्यालयको यथासिघ्र सेवा सुचारुका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको  छ । सोमबार प्रधानमन्त्री कार्यालय पुगेका महोत्तरीका सर्वदलीय टोलीको तर्फबाट नेपाली कांग्रेसका नेता एवम पुर्व संविधान   सभा सदस्य  सीताराम भण्डारीले सो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाईं बुझाएका हुन् ।

गौशालाबाट आएको पूर्व संविधान  सभा सदस्य  , जनप्रतिनिधी, व्यापारी तथा राजनितीकदलका प्रतिनिधीहरुले सो ज्ञापनपत्र बुझाइएको  हो ।

गौशाला नगरपालिका नगर प्रमुख डा.दिपेन्द्र महतो, औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का, सोनमा गाउँपालिका गाउँपालिकाका अध्यक्ष विशेश्वर यादव लगायत राजनीति दल, व्यापारीवर्गहरु लगायतका टोलीले छिटो भन्दा छिटो नापी र मालपोतको सेवा गौशालाबाट संचालन गर्नुपर्ने सो भेटघाट क्रममा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

भेटको क्रममा प्रधानमन्त्रीले सकभर चाँडै नै सेवा संचालनमा आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेश सभा सदस्य तथा पुर्व गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले सोनमा गाउँपालिका ,गौशाला नगरपालिका र औरही नगरपालिकाको जनताको सहजताका लागि गौशालामा मालपोत कार्यालय स्थापनाको पहल गरिएको बताए । उनले भने, "महोत्तरीको दोश्रो ठुलो सहर तथा मुख्य व्यापारिक केन्द्रको रुपमा गौशाला रहेको छ । यहाँबाट गौशाला , सोनमा  र औरहीका जनतालाई मालपोत सेवा केन्द्रको रुपमा स्थापित हुने भएकोले सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउदै यहाँ छिटो भन्दा छिटो यो सेवा उपलब्ध हुनु जरुरि छ । यसबाट जनसमुदायलाई जलेश्वर जानुपर्ने झन्झट हट्न गइ राहत हुने हामीले विश्वास गरेका छौ  ।" साहले जनतालाई सहजता होस् भन्ने उद्देश्य लिएर गौशालाका केहि शिर्ष नेताहरुले निकै प्रयास गरेर ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले