मौषमी वर्षा नभएपछी महोत्तरीका किसान मर्कामा ( फोटो फिचर )

2 वर्ष पहिले प्रकाशित

(2080-11-30 B.S.)

5446 पटक देखिएको

ममता शर्मा 

महोत्तरी ,श्रावण २० गते 

असारे वर्षा नभएपछी किसानहरुको खेत बाँझो भएको कारणले गौशाला लगायत महोत्तरीका किसानहरु चिन्तित भएका छन् । असारमा वर्षा भएपछी खेतमा किसानहरु धान रोप्ने गर्दछन तर यसपाली वर्षा नभएपछी किसानहरु धान रोप्न पाएका छैनन् । वर्षमा एकचोटी फल्ने धान असारमा रोपेर मंसिरमा काट्ने गरिन्छ तर यसपाली पानी नपरेपछी श्रावण मसान्त सम्मपनि खेत बाँझो नै रहेको सोनमा गाउँपालिका -७ सुन्दरपुर निवासी राजेश्वर यादवले बताए 

“मेरो खेत गौशाला नगरपालिका वडा न.७ मा करिब २ विघा छ, यादव भन्छन , “पानी नपरेपछी बिउहरु पनि सुकेर गएको छ ।  यो खेतबाट मैले करिब सय मन धान उब्जाएर घरपरिवार चलाएर छोराछोरीको पढाई लेखाइ समेतको खर्च चलाउने गरेको छु । तर यसपाली पानी नपरेकाले पढाई लेखाइ लगायत घरपरिवारको छाक टार्न निकै धौधौ परेको छ। चुनावको बेला हामीलाइ मेयरले ठुलो ठुलो सपना देखायो खेत्खेतमा तार पोल , बोर्डिंग सिचाईको व्यवस्था गर्दिन्छु भनेर भन्यो तर अहिले सबै किसान पानी नपरेर मर्कामा परेपनि वास्ता छैन ।"

आकाशेपानी नभएपछी खेतमा मात्र नभएर पिउने पानीको समेत समस्या भएको गौशाला -७ मनहर्वा निवासी रामतोला यादवले बताइन 

त्यस्तै गौशाला -७ निवासी विक्रम साहले एक महिना देखि आफ्नो कल नै सुकेपछी खानेपानीको समस्या भोग्नुपरेको गुनासो गरे । कल सुकेपछि टाढाको कलबाट पानी ल्याउनुपर्ने बाध्यता भएको बताए । यसपालि पानी नपरेपछी हामीहरुको रोजी मजदुरी पनि घटेको  र त्यसले घर परिवार चलाउन मुस्किल परेको समेत उनले बताए 

(तस्विर : सुकेको कल चलाउदै गरेका विक्रम साह , ममता शर्मा )

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका प्रमुख  दिपक कुमार पहाडीले खानेपानी तथा सिचाईको व्यवस्थापनको लागि सम्बन्धित निकायलाइ पहल गरिरहेका बताए ।  पुराना भएका बोर्डिंगहरुलाई चलायमान अवस्थामा ल्याउनुपर्ने तथा गैर सरकारी संस्थाबाटपनि विभिन्न कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ  “जिल्ला प्रशासन कार्यालय संग आफै स्रोत साधन छैन । हामीले गएर व्यक्तिगत कल गाड्न मिल्दैन तर सार्वजनिक स्थानमा कलको व्यवस्थापन गर्ने योजना तत्काल लागु गर्ने गरि तयारिमा लागेका छौ” उनले भने  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले