मौषमी वर्षा नभएपछी महोत्तरीका किसान मर्कामा ( फोटो फिचर )
ममता शर्मा
महोत्तरी ,श्रावण २० गते ।
असारे वर्षा नभएपछी किसानहरुको खेत बाँझो भएको कारणले गौशाला लगायत महोत्तरीका किसानहरु चिन्तित भएका छन् । असारमा वर्षा भएपछी खेतमा किसानहरु धान रोप्ने गर्दछन तर यसपाली वर्षा नभएपछी किसानहरु धान रोप्न पाएका छैनन् । वर्षमा एकचोटी फल्ने धान असारमा रोपेर मंसिरमा काट्ने गरिन्छ तर यसपाली पानी नपरेपछी श्रावण मसान्त सम्मपनि खेत बाँझो नै रहेको सोनमा गाउँपालिका -७ सुन्दरपुर निवासी राजेश्वर यादवले बताए ।
“मेरो खेत गौशाला नगरपालिका वडा न.७ मा करिब २ विघा छ, यादव भन्छन , “पानी नपरेपछी बिउहरु पनि सुकेर गएको छ । यो खेतबाट मैले करिब सय मन धान उब्जाएर घरपरिवार चलाएर छोराछोरीको पढाई लेखाइ समेतको खर्च चलाउने गरेको छु । तर यसपाली पानी नपरेकाले पढाई लेखाइ लगायत घरपरिवारको छाक टार्न निकै धौधौ परेको छ। चुनावको बेला हामीलाइ मेयरले ठुलो ठुलो सपना देखायो खेत्खेतमा तार पोल , बोर्डिंग सिचाईको व्यवस्था गर्दिन्छु भनेर भन्यो तर अहिले सबै किसान पानी नपरेर मर्कामा परेपनि वास्ता छैन ।"
आकाशेपानी नभएपछी खेतमा मात्र नभएर पिउने पानीको समेत समस्या भएको गौशाला -७ मनहर्वा निवासी रामतोला यादवले बताइन ।
त्यस्तै गौशाला -७ निवासी विक्रम साहले एक महिना देखि आफ्नो कल नै सुकेपछी खानेपानीको समस्या भोग्नुपरेको गुनासो गरे । कल सुकेपछि टाढाको कलबाट पानी ल्याउनुपर्ने बाध्यता भएको बताए । यसपालि पानी नपरेपछी हामीहरुको रोजी मजदुरी पनि घटेको र त्यसले घर परिवार चलाउन मुस्किल परेको समेत उनले बताए ।

(तस्विर : सुकेको कल चलाउदै गरेका विक्रम साह , ममता शर्मा )
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका प्रमुख दिपक कुमार पहाडीले खानेपानी तथा सिचाईको व्यवस्थापनको लागि सम्बन्धित निकायलाइ पहल गरिरहेका बताए । पुराना भएका बोर्डिंगहरुलाई चलायमान अवस्थामा ल्याउनुपर्ने तथा गैर सरकारी संस्थाबाटपनि विभिन्न कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । “जिल्ला प्रशासन कार्यालय संग आफै स्रोत साधन छैन । हामीले गएर व्यक्तिगत कल गाड्न मिल्दैन तर सार्वजनिक स्थानमा कलको व्यवस्थापन गर्ने योजना तत्काल लागु गर्ने गरि तयारिमा लागेका छौ” उनले भने ।

.jpg)

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments