सेवा, संस्कृति र सुरक्षाको नारा सहित समरस नेपालले आयोजना गर्यो “संस्कृति रक्षा उद्घोष”

2 वर्ष पहिले प्रकाशित

(2080-04-22 B.S.)

1735 पटक देखिएको

साउन २२ गते 

समरस नेपाल नामक संगठनको नेतृत्वमा “संस्कृति रक्षा उद्घोष” कार्यक्रम सम्पन्न भएको छ । श्रावण महिनाको पवित्र सोमवारका दिन महोत्तरी र धनुषाको बाह्र महादेव मठहरुमा समरसको मूल उदेश्य ‘सेवा, संस्कृति सुरक्षा’ लाई केन्द्रमा राखी सनातनी नाराहरु लगाएका छन् । महोत्तरीको पाटु कपिलेश्वर महादेव, टूटेश्वरनाथ महादेव, मगरथाना मंगलनाथ महादेव, पंचधूरा माई स्थान, जलेश्वरनाथ महादेव र पवित्र स्थल मटिहानीको साथै धनुषाको जनकपुरधाम, प्रानेश्वरनाथ ईटहर्वा, औरही, सतोषर महादेव, धनुषाधाम र क्षिरेश्वरनाथ महादेव महेन्द्रनगर सहितका स्थानमा एकसाथ र एकसमय मा संस्कृति रक्षा उद्घोष गरिएको छ । समरसका संयोजक चन्दन दुबेका अनुसार सनातनी धर्म, मूल्य, मान्यताको मर्म संरक्षणार्थ समरसले माथि उल्लेखित क्षेत्रहरुमा बढ्दै गएको धर्मान्तरणलाई ध्यानमा राखी यो जाग्रण अभियानको अनुष्ठान गरिएको छ ।  

आधुनिकताको नाममा देशमा ब्याप्त सामाजिक, आर्थिक, सांस्कृतिक बेतिथी अन्त्यका लागि यो उद्घोष गरेको जानाकारी समरसका संयोजक चंदन दुबेले जानकारी गराए । उनले थप्दै भने की, सनातन धर्मको मूल्यमान्यता, ग्रन्थ र साहित्यको गलत व्याख्या र भौगोलिक विभाजन को प्रयासहरुको बिरोध पनि हो यो उद्घोष । नेपालमा सस्तो लोकप्रियताको नाममा कहिले सीता त कहिले रामको जन्म स्थललाई बिवादको मुद्दा बनाउन खोज्ने शक्तिहरुबाट सचेत रह्न समेत आह्वान गरिएको छ । समरसले धनुषा र महोत्तरीका यिनै १२ शिवालय नै किन राज्यो भन्ने जिज्ञाशामा संयोजक दुबेले यसलाई केही समयका लागि भविष्यको गर्वगृहमा रह्न दिउँ भनी जवाफ फर्काए । करिब दुई सय जनाको उपस्थिीतिमा गरिएको संस्कृति रक्षा उद्घोषको सांगठनिक संरचना र कार्ययोजनाहरु सहित आजको समयमा सनातनी मूल्य मान्यतामा आधारित संकल्पहरु साझा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

3 घन्टा पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

5 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

10 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

19 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..