सुरक्षाको माग गर्दै गौशाला नगरपालिकामा कर्मचारीहरु आन्दोलित

3 वर्ष पहिले प्रकाशित

(2080-04-30 B.S.)

9641 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , श्रावण ३० गते

महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । पालिकाको सम्पूर्ण कर्मचारीहरु  मंगलबार कार्यालय परिसरमा सुरक्षाको माग गर्दै आन्दोलित भएका हुन् 

पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साहको नेतृत्वमा भएको आन्दोलनमा ‘उपमेयरको पाराले दुख पाए साराले , कर्मचारी कुट्न पाइदैन , कर्मचारीलाई न्याय दे , कर्मचारीलाई सुरक्षा दे  दादागिरी चल्दैन’ लगायतका चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको छ 

पालिकाको राजस्व शाखाका कर्मचारी दिपेन्द्र यादव (सहायक पाँचौ ) र उपप्रमुख रेणु महतोविच विवाद भएपछी उपमेयरबाट सुरक्षाको माग गर्दै विरोधमा उत्रिनु परेको दिपेन्द्र यादवले जानकारी दिए । बजार ठेक्काको कागजातहरु उपप्रमुखले माग्नु भएको थियो, उनले भने , "मलाइ सम्बन्धित व्यक्तिले कुनै पनि कागजात उपप्रमुखलाई नदिनु भनेर निर्देशन दिएको थियो  त्यसैले मैले दिन मानिन । जसको प्रतिकारस्वरूप उपप्रमुखले मलाई गालीगलौज गर्दै मेरो कालर समातेर घिसार्दै मलाई कार्यकक्षबाट निकालिदिनुभयो ।"

उपप्रमुखको यस्तो व्यवहारको कारणले आफु असुरक्षित भएको कर्मचारी दिपेन्द्र यादवले बताए । उपप्रमुखलाई कर्मचारी संग कुनै पनि कागजात माग्ने अधिकार नभएको भन्दै यादवले उपप्रमुख महतो अधिकार विहिन भएको दावी गरेका छन् । "म संग कुनै कागजात माग्ने उपप्रमुखलाई अधिकार छैन । म उहाँको नोकर होइन । म उहाँले भनेको पनि मान्दिन ।"  उनले भने 

यता उपप्रमुख रेणु महतोले यस सम्बन्धमा आफुले आरोप लागेका त्यस्ता कुनै क्रियाकलाप नगरेको दावी गर्नुभएको छ  बजार ठेक्काको फाइल आवश्यक परेपछी कर्मचारी दिपेन्द्र यादवसंग माग्दा उनले दिन आनाकानी गरेपछी ‘तिमी जस्तो कर्मचारी चाहिदै’ भनेर मात्र भनेको उहाँको भनाई छ । सरकारी कर्मचारीको धाकफुर्ति लगाउदै सबै संग अभद्र भाषाशैली दिपेन्द्र यादवले प्रयोग गर्ने गरेका छन् , उहाँले भन्नुभयो , "यादवको रुखो र एकदमै छुच्चो बोलीको कारणले पालिकामा अनेक झैझगडा समेत हुने गरेको छ । सेवाग्राहीसँग पनि झोक्किएर बोल्ने , काम नगरिदिने , रिस गर्ने उनको स्वभाव रहेको कुरा पालिकामा सम्पूर्णलाई राम्ररी थाहा छ ।"

जनताको सेवक भएर यसरि दुरासयपूर्ण व्यवहार जनप्रतिनिधि र सेवाग्राहीसंग  गर्ने उनको नकारात्मक बानी रहेको भन्दै उपप्रमुख महतोले बिनासित्तिमा आफुमाथि यस्तो आरोप लागेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले