सुरक्षाको माग गर्दै गौशाला नगरपालिकामा कर्मचारीहरु आन्दोलित
निरन्जन कुमार साह
महोत्तरी , श्रावण ३० गते
महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । पालिकाको सम्पूर्ण कर्मचारीहरु मंगलबार कार्यालय परिसरमा सुरक्षाको माग गर्दै आन्दोलित भएका हुन् ।
पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साहको नेतृत्वमा भएको आन्दोलनमा ‘उपमेयरको पाराले दुख पाए साराले , कर्मचारी कुट्न पाइदैन , कर्मचारीलाई न्याय दे , कर्मचारीलाई सुरक्षा दे दादागिरी चल्दैन’ लगायतका चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको छ ।

पालिकाको राजस्व शाखाका कर्मचारी दिपेन्द्र यादव (सहायक पाँचौ ) र उपप्रमुख रेणु महतोविच विवाद भएपछी उपमेयरबाट सुरक्षाको माग गर्दै विरोधमा उत्रिनु परेको दिपेन्द्र यादवले जानकारी दिए । बजार ठेक्काको कागजातहरु उपप्रमुखले माग्नु भएको थियो, उनले भने , "मलाइ सम्बन्धित व्यक्तिले कुनै पनि कागजात उपप्रमुखलाई नदिनु भनेर निर्देशन दिएको थियो । त्यसैले मैले दिन मानिन । जसको प्रतिकारस्वरूप उपप्रमुखले मलाई गालीगलौज गर्दै मेरो कालर समातेर घिसार्दै मलाई कार्यकक्षबाट निकालिदिनुभयो ।"

उपप्रमुखको यस्तो व्यवहारको कारणले आफु असुरक्षित भएको कर्मचारी दिपेन्द्र यादवले बताए । उपप्रमुखलाई कर्मचारी संग कुनै पनि कागजात माग्ने अधिकार नभएको भन्दै यादवले उपप्रमुख महतो अधिकार विहिन भएको दावी गरेका छन् । "म संग कुनै कागजात माग्ने उपप्रमुखलाई अधिकार छैन । म उहाँको नोकर होइन । म उहाँले भनेको पनि मान्दिन ।" उनले भने ।
यता उपप्रमुख रेणु महतोले यस सम्बन्धमा आफुले आरोप लागेका त्यस्ता कुनै क्रियाकलाप नगरेको दावी गर्नुभएको छ । बजार ठेक्काको फाइल आवश्यक परेपछी कर्मचारी दिपेन्द्र यादवसंग माग्दा उनले दिन आनाकानी गरेपछी ‘तिमी जस्तो कर्मचारी चाहिदै’ भनेर मात्र भनेको उहाँको भनाई छ । सरकारी कर्मचारीको धाकफुर्ति लगाउदै सबै संग अभद्र भाषाशैली दिपेन्द्र यादवले प्रयोग गर्ने गरेका छन् , उहाँले भन्नुभयो , "यादवको रुखो र एकदमै छुच्चो बोलीको कारणले पालिकामा अनेक झैझगडा समेत हुने गरेको छ । सेवाग्राहीसँग पनि झोक्किएर बोल्ने , काम नगरिदिने , रिस गर्ने उनको स्वभाव रहेको कुरा पालिकामा सम्पूर्णलाई राम्ररी थाहा छ ।"
जनताको सेवक भएर यसरि दुरासयपूर्ण व्यवहार जनप्रतिनिधि र सेवाग्राहीसंग गर्ने उनको नकारात्मक बानी रहेको भन्दै उपप्रमुख महतोले बिनासित्तिमा आफुमाथि यस्तो आरोप लागेको बताउनुभयो ।

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
16 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

कमेन्ट गर्नुहोस्
view comments