गौशालामा न्यायिक समिति न्यायविहिन : नगरप्रमुख महतो

3 वर्ष पहिले प्रकाशित

(2080-05-13 B.S.)

6352 पटक देखिएको

गौशाला , भदौ १३ गते

महोत्तरीको गौशाला नगरपालिकामा न्यायिक समिति न्यायविहिन रहेको नगर प्रमुख डा . दिपेन्द्र महतोले बताएका छन् । बुधबार पालिकाको पुरानो भवनस्थित आयोजित दक्ष प्रहरी मार्फत सामुदायिक अंक पत्र कार्यक्रममा आफ्नो मन्तव्य दिदै उनले यस्तो बताएका हुन् । 

गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोको लापरवाहीको कारणले न्यायिक समितिमा कुनै काम नभएको महतोको भनाइ छ । पालिकामा महिला हिंसा लगायत विभिन्न कुरामा मेलमिलाप ,जनतालाई न्याय प्रदान न्यायिक समितिले गर्दछ तर गौशालामा नगरपालिकामा उप प्रमुखको एकलौटी शासनको कारण आज गौशाला नगरवासी न्यायिक समितिवाट लिनुपर्ने सेवा सुविधाबाट बन्चित भएको महतोले बताए ।

"संघियता आएसँगै स्थानीय सरकारमा न्यायिक समिति स्थापना, वडामा मेलमिलापको गठन लगायतका सेवा सुविधा समेत संचालन भएको छ, उनले भने , "तर उप प्रमुखहरुको कारण आज यो सेवा सुविधा  पूर्ण रुपमा जनसमुदायको पहुँच नभएपछी महिला हिँसा , साना साना विवाद लगायतका समस्या प्रहरी अदालत सम्म पुग्ने गरेको छ । हामीले सोचेको अनुसार गौशाला नगरपालिकामा उप प्रमुखले आफ्नो काम कर्तव्य नगरी खालि विवाद मात्र गरेको अवस्थाले गौशाला नगरपालिकाको न्यायिक समित न्यायिविहिन भएको छन ।"

त्यस्तै नगराप्रमुख महतोले “म जनताबाट नर्वाचित भएको छु जनतालाई न्यायविहिन हुन दिनेछैन ,  म अव जनताको घरदैलो सम्म न्याय लिएर पुग्नेछु , जनताको हरेक सुख दु:ख मा साथ छु “ भनेर प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम समग्र जन उत्थान केन्द्रले इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा आयोजना गरिएको छ । जसमा महिला हिंसा सम्बन्धि विविध कुराहरु सम्बन्धित सरोकारवाला व्यक्ति जनसमुदायसंग अन्तरक्रिया भएको थियो । कार्यक्रममा नगर प्रमुख महतो , वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , इलाका प्रहरी कार्यालय गौशालाका प्रतिनिधि ,उद्योग वाणिज्य संघको प्रतिनिधि लगायतको सहभगिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले