गौशालाका सामुदायिक विद्यालयका शौचालय डरलाग्दो

2 वर्ष पहिले प्रकाशित

(2080-05-15 B.S.)

7514 पटक देखिएको

ममता शर्मा

महोत्तरी, भदौ १५ गते

महोत्तरीको गौशाला नगरपालिकामा ३३ सामुदायिक विद्यालय छन् । ति मध्य केहि सामुदायिक विद्यालयमा अनेक समस्याहरु तथा अभावहरु छन् अनौठो कुरा के छ भने अधिकांस सामुदायिक विद्यालयको शौचालयको अवस्था एकदमै जिर्ण रहेको छ । सयौ विद्यार्थी संख्या भएपनि दुइ भन्दा बढी शौचालय नभएको , शौचालयमा पानीको व्यवस्था नभएको , अध्यारो ,साँघुरो , घिनलाग्दो , भित्तामा फोहोर दागका धब्बाहरु , प्रयोग गरिएका प्याडहरु अलपत्र अवस्थामा फालिएको र वर्षौ सफाई नगरिएको जस्तो अधिकांस गौशालाका सामुदायिक विद्यालय शौचालयको अवस्था छ ।

शौचालयको अवस्था खराब भएको विद्यालयहरुमा त्रिभुवन मा.वि. गौशाला-५ , जनता आधारभुत विद्यालय कनकपुर गौशाला -९ , श्री जनता मा.वि भरतपुरखोर गौशाला-१० , विरेन्द्र मा.वि बेलगाछी गौशाला-८ , श्री जनता मा.वि .रजखोर गौशाला-४ लगायत पर्दछन अरु अन्य विद्यालयहरुमा पनि शौचालयको अवस्था खस्केको एक शिक्षकले जानकारी दिए ।

सरसफाई कर्मचारीले विद्यालयको शौचालयमा राम्रो संग सरसफाई नगरेपनि कुनै शिक्षक तथा व्यवस्थापन समिति लगायत स्थानीय तहले चासो दिएको छैन । विद्यार्थीहरु मात्र नभएर आफुहरु जान सक्ने अवस्था नरहेको शौचालय सफा गर्नुपर्ने जिम्मेवारी शिक्षकहरु बुझ्न सकेका छैनन् ।

यस सम्बन्धमा गौशाला नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सिंहले सामुदायिक विद्यालयहरुमा भएको शौचालयको घिनलाग्दो अवस्थाले विद्यालयको वातावरण सँगै विद्यार्थीहरुलाई प्रभाव पर्ने बताए । शौचालयको उचित व्यवस्थापन र सरसफाईको अभावले विभिन्न किटाणु र जीवाणु संक्रमण बढ्ने , विभिन्न रोगहरु निम्तिन सक्ने , विद्यालयको वातारणमा समेत नकारात्मक प्रभाव पर्ने ,विद्यार्थीहरुको पढाई लेखाइको साथै मनोविज्ञानमा पनि नकारात्मक प्रभाव पर्ने ,मानसिक त्रास बढ्ने लगायतका विभिन्न स्वास्थ्य संग सम्बन्धित समस्याहरु सिर्जना हुने उनको भनाई छ ।

शौचालयको सरसफाईमा ध्यान दिनु विद्यालयका सबै जिम्मेवार व्यक्तित्वको दायित्व रहेको बताउदै उनले अहिले गौशालाका सामुदायिक विद्यालयहरुको शौचालयको अवस्था यस्तो हुनुमा शिक्षक तथा व्यवस्थापन समितिको लापरवाही रहेको दावी गरेका छन् । विद्यालयमा शौचालय सफा राख्नको लागि अनिवार्य रुपमा प्रशस्त पानी , साबुन , हार्पिक , डस्टबिन  लगायतका सामग्री अपरिहार्य रहेको बताउदै उनले भने , "४० प्रतिशत सरसफाई त पानीको पूर्तिले नै हुन्छ । यहाँको विद्यालयहरुमा पानीको प्रसस्त आपूर्ति भएपनि शौचालयमा पानीको व्यवस्थापनको लागि शिक्षक तथा व्यवस्थापन समितिले ध्यान दिएका छैनन् । जबकी पानीको अभावले गर्दा शौचालयमा फोहोरको मात्रा बढेको छ ।"

त्यस्तै गौशाला नगरपालिकाको शिक्षा शाखा प्रमुख वीर बहादुर बलम्पाकीले एक दुइ भन्दा बढी विद्यालयमा शौचालय व्यवस्थापनको समस्या नभएको बताए । आफुले धेरै पटक अनुगमन गरे पनि विद्यालयहरुमा त्यस्तो कुनै समस्या फेला नपरेको उनको भनाइ छ । आफ्नो जिम्मेवारीबाट पन्छिदै, झुटो कुरा भन्दै गौशालाको शिक्षा शाखाले सरकारको ढुकुटीबाट तलब दर्महा लिनुबाहेक अरु कुनै काम नगरेको प्रस्ट भएको छ ।

हामी सबैलाई थाहा छ , सफा शौचालयको प्रयोग भएमा मात्र स्वास्थ्यमा कुनै नराम्रो असर पर्दैन तर विद्यालय एउटा यस्तो ठाउँ जहाँ शिक्षित व्यक्तिहरु मात्र हुन्छन , उनीहरुले पनि विद्यार्थीको स्वास्थ्य संग खेलवाड गर्नु जायज नभएको अभिवावक गौशाला ४ निवासी एक स्थानीयले बताएका छन् । उनले भने , "सामुदायिक विद्यालयको दुर्गन्धित शौचालयको अवस्था पहिलादेखि नै यस्तै छ साच्चिकै डरलाग्दो छ । तर कोहि बोल्दैनन् र बोल्न सक्ने हाम्रा समाजका अग्रजहरुले आखाँ चिम्म गरेर यी कुराहरुको वेवास्ता गरिरहेका छन् ।"

विद्यालयमा शौचालयको सरसफाईमा कसैले ध्यान नदिएपछी दिसा पिसाब जबर्जस्ति रोकेर बस्नुपर्ने गौशालाको त्रिभुवन मा. वि. को एक विद्यार्थीले ( नाम नभन्ने सर्तमा ) गुनासो गरेका छन् ।  "शौचालयको फोहोर देखेर जानै मन लाग्दैन । न त्यहाँ पानी छ , न त सफा नै छ । नराम्रो दुर्गन्ध आउँछ । त्यहि भएर पनि स्कुलको शौचालय प्रयोग गर्न मन लाग्दैन । सानै देखि शौचालय गए पछी साबुन पानीले हात धुनुपर्छ भनेर विद्यालयमा सिकाइन्छ तर अहिले हाम्रो विद्यालयमा ठिक उल्टो भइरहेको छ" , उनले भने ।  विद्यालयको शौचालयमा पानी ,साबुन , डस्टबिन व्यवस्थापन हुनुपर्ने पनि उनले माग गरे।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले विद्यालयले शौचालय सरसफाईमा ध्यान नदिनु ठुलो कमजोरी रहेको जिकिर गरेका छन् । उनले शौचालय प्रयोगकर्ताले नै सरसफाईको जिम्मा लिनुपर्ने बताउदै विद्यालयका शिक्षक , कर्मचारी र व्यवस्थापन समितिले यसमा विशेष ध्यान दिन आग्रह गरेका छन् । आफु निर्वाचित भएपछी गौशाला नगरपालिकामा शिक्षा ,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने योजना बनाएकोले गौशालाका सम्पूर्ण सामुदायिक विद्यालयको स्वास्थ्य सम्बन्धि र शिक्षा सम्बन्धि समस्याहरु समाधान गर्ने जानकारी दिए । साथै उनले अब देखि विद्यालयमा निरन्तर अनुगमनको क्रियाकलाप अगाडी बढाउने बताउदै शिक्षा र स्वास्थ्यको लागि सबैले आ-आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न संक्रमणबाट बच्नु भन्ने चिकित्सकहरुको सुझाव छ । शौचालय सफा नभएमा झाडापखाला , इबोला, गोनोरिया ,छालाको संक्रमण , निमोनिया लगायतका रोगहरुले शरिरमा आक्रमण गर्न सक्छ।  त्यसैले विद्यालय जस्तो ठाउँ , जहाँ शौचालयको प्रयोग अधिक हुन्छ त्यस्तो स्थानमा शौचालय सफा गर्नु अनुवार्य छ ।

जनता आधारभुत विद्यालय कनकपुर

जनता आधारभुत विद्यालय कनकपुर

जनता आधारभुत विद्यालय कनकपुर

विरेन्द्र मा.वि बेलगाछी

त्रिभुवन मा.वि.

श्री जनता मा.वि भरतपुरखोर

जनता आधारभुत विद्यालय कनकपुर

त्रिभुवन मा.वि.

विरेन्द्र मा.वि बेलगाछी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्त..

अनिषा कुमारी यादव  गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्..

18 घन्टा पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

4 दिन पहिले

लोसपाको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न

निरन्जन कुमार साह गौशाला, बैशाख १३ गते महोत्तरीको गौशालामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम नगर अधिव..

7 दिन पहिले

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..

17 दिन पहिले

गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..

महोत्तरी, चैत्र २७ गते   महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..

24 दिन पहिले

अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्त..

अनिषा कुमारी यादव  गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्..

18 घन्टा पहिले

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..

17 दिन पहिले

गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..

महोत्तरी, चैत्र २७ गते   महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..

24 दिन पहिले

महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि..

महोत्तरी, चैत्र २४ गते महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइ..

27 दिन पहिले

महोत्तरी लगायत मिथिलाञ्चलमा आज देखि चैती छठ पर्व सुरु

गौशाला, चैत १९ गते । महोत्तरी लगायत मधेसका जिल्लाहरुमा मंगलबार देखि  चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइ..

1 महीना पहिले

पूर्व अर्थमन्त्री भरत प्रसाद साहद्वारा सडकको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी , चैत्र ६ गते महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. ५ स्थित टावर टोलदेखि पूर्..

1 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पू..

लोसपाको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न

निरन्जन कुमार साह गौशाला, बैशाख १३ गते महोत्तरीको गौशाल..