गौशाला रोडदेखि सम्सी सम्म होर्डिंग बोर्डको स्थापना
निरन्जन कुमार साह
महोत्तरी , भदौ १६ गते
महोत्तरीको गौशाला रोड देखि सम्सी सम्म सवारी दुर्घटना न्यूनीकरण सचेतना सम्बन्धि होर्डिंग बोर्ड स्थापना भएको छ । शनिबार गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतो , जिल्ला ट्राफिक कार्यालय महोत्तरी , इलाका प्रहरी कार्यालय गौशाला लगायत विभिन्न सहयोगीहरुद्वारा होर्डिंग बोर्डको स्थापना गरिएको हो ।
करिब ३ दर्जन सहयोगीहरुद्वारा सम्सी देखि गौशाला रोड सम्म जोडिने सडक खण्डमा ट्राफिक सचेतनाका लागि होर्डिंग बोर्ड लगाइएको हो । जसमा संचारकर्मीहरुले सबैभन्दा बढी सहयोग गरेका छन् ।
रि स्टार प्रेस गौशालाको आयोजनामा संचालन भएको कार्यक्रममा नगर प्रमुख डा. महतो , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव , जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराई ,विभिन्न संचारकर्मी , शिक्षकहरु लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख डा. दिपेन्द्र महतोले दुर्घटना हुनुमा ट्राफिक भन्दा बढी दोषी हामी स्वयं रहेको बताएका छन् । तिब्र गतिमा सवारीसाधन चलायो भने पक्कै दुर्घटना हुने सम्भावना बढी हुन्छ , उनले भने , "सवारी साधनको गति सिमित हुनुपर्दछ । सवारी साधन चलाउदा अनिवार्य हेल्मेट ,आवश्यक कागकाजहरु सँगै राख्नु पर्दछ। यसले हामीलाई फाइदा हुन्छ ।"
महतोले गौशाला नगरपालिकामा ट्राफिक नियमको अनिवार्य कडा रुपमा सबैजनाले पालना गर्नुपर्ने कुरामा जोड दिदै सबैलाई गति सिमित गरेर सचेतता पुर्वक सवारी साधन चलाउन आग्रह गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराईले सरकारले लागु गरेको ट्राफिक नियम सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्। दुर्घटना प्राय सवारी चालकको हेलचेक्र्याइँले नै हुने गरेको बताउदै उनले भने , “ ट्राफिक नियम जनताको लागि नै हो । यसले जनतालाई सुरक्षित गर्दछ । तर कतिपय व्यक्तिले ट्राफिक नियमको पालना नगरी , तिब्र गतिमा चलाउने , एकछिन जाममा पर्यो भने हतार गरेर अन्य बाटोबाट जान खोज्ने , कागजपत्रहरु साथमा लिएर नहिड्ने गर्दछन । जसले गर्दा उनीहरुलाई नै समस्या सिर्जना हुन्छ । दुर्घटना हुन सक्छ ,नियम उल्लङ्घन गरेपछी जरिवाना तिर्नुपर्दछ । जनताको सेवामा दिनरात खट्ने प्रहरीले जनसमुदायको स्वास्थ्यको लागि यी नियमहरुको पालना कडाइका साथ गराउनु हाम्रो दायित्व हो । त्यसैले सबैले आ-आफ्नो जिम्मेवारी बुझौ र ध्यानपुर्वक सवारी साधन चलाऔ ।"
साथै भट्टराईले गौशाला रोड देखि सम्सी सम्मको होर्डिंग बोर्डले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सबैलाई ट्राफिक नियमको पालना गरि प्रहरीलाई सहयोग पुर्याउन अनुरोध गरेका छन् ।




गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
18 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

कमेन्ट गर्नुहोस्
view comments