सोनमा गाउँपालिकामा शिक्षकले उक्साएपछी विद्यार्थीले गरे आन्दोलन , प्रहरी र विद्यार्थी घाइते
निरन्जन कुमार साह
महोत्तरी , भदौ १९ गते
महोत्तरीको सोनमा गाउँपालिकामा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरुद्धमा मंगलबार श्री सरस्वती जनता मा.वि सोनमा -२ का विद्यार्थीहरुले आक्रोशित हुदै पालिकामा चर्को विरोध प्रदर्शन गरेका हुन् ।
शिक्षक सरुवा हुनु भएन , राम्रो पढाइ दे , खानेपानीको व्यवस्था गर , शौचालयको सरसफाई गर लगायत विभिन्न नाराबाजी गर्दै सयौं विद्यार्थीहरुले चर्को प्रदर्शन गरेका छन् ।

शिक्षकले उक्साएपछी आन्दोलन गर्न बाध्य भएको सोही विद्यालयका कक्षा८ मा अध्ययनरत विद्यार्थी अहमद राजाले बताएका छन् । उनले भने , "तेज नारायण मण्डल, शत्रुधन यादव र सिकिन्दर सरले हामीलाई आन्दोलन गर्न उक्साएको हो । यी तिन ओटै सरले हाम्रो विद्यालयमा अध्यापनसँगै ट्युसन र कोचिंग पढाउँछन् । त्यहि मनसायले अर्को ठाउँमा जान नमानेर हामीलाई आन्दोलन गर भनेका थिए । हामीले आज शान्तिपूर्ण आन्दोलन गर्न आएका थियौ तर पालिकामा गापा अध्यक्षको आदेशमा एक विद्यार्थीलाइ ताल्चाले टाउको फुटाइदिए पछी आन्दोलन चर्कियो ।"

आन्दोलनमा गाउँपालिकाको भवन ,गाउँपालिका अध्यक्ष चढ्ने गाडी , खैरबन्नी सशस्त्र प्रहरीको गाडी तोडफोड भएको छ । त्यस्तै २ वटा निजि प्लेटको मोटरसाइकल विद्यार्थीहरुले जलाएर नष्ट पारेका छन् ।

आन्दोलनको क्रममा ४ जना विद्यार्थी र ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीका जवान प्रकाशको टाउको फुटेको छ भने जनपदका फुलगेन मण्डल , सशस्त्र प्रहरी सौजलसहित ६ जना प्रहरी घाइते भएका छन् ।
आन्दोलनमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए भने विद्यार्थी लगायत जनसमुदायले ढुंगामुढा प्रहार गरेका थिए । यस क्रममा प्रहरीले ४ जना गैर विद्यार्थी र २ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएए इलाका प्रहरी कार्यालय गौशालामा ल्याइएको छ ।
यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वोर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले भने, "हामीले चर्चा मात्र चलाएका थियौं । विद्यार्थीहरु शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आए तर यो आन्दोलनमा केहि हाम्रो विपक्षीहरुले घुसपेठ गरि शान्तिपूर्ण आन्दोलनलाइ क्रान्तिको रुप दिए । घुसपेठ गर्ने जोकोही भएपनि उनीहरुमाथि हामी मुद्दा चलाउने छौ ।"

पुर्व गा.पा अध्यक्ष राजकुमार यादवले हालको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले अराजकता गर्दै मनपरि ढंगले शिक्षक सरुवा गरेको बताए । राम्रो राम्रो शिक्षक आफ्नो गाउँतिर र नराम्रो शिक्षक यताको गाउँमा सरुवा गरेको आरोप उनले लगाए । आन्दोलनमा प्रहरीको प्रयोग गरि सानो सानो विद्यार्थीलाई कुटपिट गरेकोप्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत उनले गरेका छन् ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments