सम्सी पिएसि मा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु
निरन्जन कुमार साह
गौशाला , असोज १० गते
महोत्तरीको सम्सी गाउँपालिका वडा न. ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु भएको छ । बुधवार सम्सी गाउँपालिकाको अध्यक्ष रामनाथ यादवद्वारा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवाको समुदघाटन भएसँगै सुचारु भएको हो ।
सम्सी गाउँपालिकामा सम्पुर्ण जनसमुदायलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सम्सी गाउँपालिकाको अध्यक्ष रामनाथ यादवले सम्सीको वडा न. ७ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु गरेका छन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुचारु भएपछी अबदेखि रगत पिसाब चेकजाँच गर्नुको साथै २४ घण्टा इमरजेंसी सेवा सस्तो र सुलभ रुपमा प्रदान हुने अध्यक्ष यादवले बताए । उनले भने , “मेरो योजना १५ शैयाको हस्पिटल संचालन गर्ने हो । तर जग्गा उपलब्ध नभएको कारण नेपाल सरकारको अवधारणा अनुसार प्रत्येक पालिका एक १५ शैयाको हस्पिटल स्थापना गर्ने अभियानमा सम्सी गाउँपालिका पछाडी परेको छ । तर छिटै स्थापना हुने हाम्रो प्रयास छ।”

त्यसैगरि वडा न. ७ का वडा अध्यक्ष राकेश यादवले सो प्राथमिक स्वास्थ्य केन्द्र आफ्नो वडामा पर्ने भएकोले जिम्मेवारीपुर्वक त्यसको निगरानी र रेखदेख गर्ने बताए। उनले भने , “यो प्राथमिक स्वास्थ्य केन्द्र मेरो वडामा रहेको छ । निगरानीको जिम्मा मेरो दायित्व हो । जनसमुदायमा थप जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु समेत भएको छ । अब यहा २४ घण्टा एमबिबिएस डाक्टरको व्यवस्था गरिएको छ ।"

कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव, सम्सी गाउँपालिकाका कार्यालय प्रमुख गणेशचन्द्र मिश्र, वडा न. ६ का वडा अध्यक्ष शेष उमैद लगायत प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका स्वास्थ्यकर्मीको उपस्थित थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments