कार्यपालिका बैठक लाइभ नगरे बैठकमा नजाने गौशालाको उपप्रमुख महतोको निर्णय

3 वर्ष पहिले प्रकाशित

(2080-06-11 B.S.)

14913 पटक देखिएको

गौशाला , असोज ११ गते  

महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर रेणु महतोले कार्यपालिकाको बैठक प्रत्यक्ष लाइभ प्रशारण नगरे बैठकमा सहभागी नहुने बताएकी छिन  विहिबार उपप्रमुख महतोले जारि गरेको ज्ञापन पत्रमा भोली १२ गतेको शुक्रबार बस्न लागेको कार्यपालिका बैठकमा नजाने उल्लेख गरिकी छिन् । कार्यपालिका बैठकको प्रत्यक्ष लाइभ प्रसारण जनता समक्ष हुनुपर्ने भन्दै उपप्रमुख महतोले त्यसो नगरेमा आगामी दिनमा हुने बैठकमा पनि आफुले सहभागिता नजनाउने दावी गरेकी हुन् 

मिति २०८०/०६/१२ गते विहान ८: ०० बजेको लागि बोलाइएको कार्यपालिका बैठक पनि विभिन्न बहानामा अमर्यादित र नगरबासीको मनोभावना विपरित रहेको हुँदा पुन: म २०८०/०६/१२ गतेको कार्यपालिका बैठक बहिस्कार गर्ने तथा कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणको लागि जोडदार माग गर्दै प्रत्यक्ष प्रशारण नभएसम्म कार्यपालिका बैठक नियमित रुपमा बहिस्कार गर्ने छु भनि सम्पूणर् नगरबासी ,न्यायप्रेमी , जनसमुदाय , पत्रकार , सुरक्षा निकाय , सरोकारवाला , बुद्धिजीवी, सजनवृन्द मार्फत गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र स्वयं नगर प्रमुख डा. दिपेन्द्र महतोसँग माग गर्दछु । ज्ञापन पत्रमा भनिएको छ 

त्यस्तै उपप्रमुख महतोले पालिकामा बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार नगरेर मोबाइलको म्यासेज मार्फत गरेकोमा असन्तुष्ट व्यक्त गरेकी छिन बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार पत्र मार्फत वा सम्पर्क द्वारा गर्नुपर्छ , उनले भनिन् , तर गौशाला नगरपालिकामा अहिले सम्म भएका विभिन्न बैठक मोबाइलमा म्यासेज मार्फत जानकारी हुन्छ  भोली बस्न लागेको बैठकको जानकारी पनि मलाई म्यासेजबाट भएको हो । त्यसैले यसमा मेरो आपत्ति छ 

गौशाला नगरपालिकामा हालसम्म भएका विभिन्न कार्यक्रम , विकास निर्माणका कार्य , खर्च र आम्दानी विवरण गौशाला नगरबासीसमक्ष पारदर्शी हुनुपर्ने उपप्रमुख महतोले माग गर्दै आएकी छिन जसले गर्दा पालिकामा नगर प्रमुख र उपप्रमुखबीच समय समयमा विभिन्न विवाद उत्पन्न हुने गरेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

21 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

25 दिन पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

25 दिन पहिले