गौशालामा पालिकाले भत्काएको घर पुन: बनाउन खोजेपछी निर्माण कार्य रोक्न आदेश
ममता शर्मा
गौशाला , असोज १५ गते
महोत्तरीको गौशाला नगरपालिकाले केहि समय अगाडी भत्काएको घर पुन: बनाउन खोजेपछी निर्माण कार्य रोक्न आदेश दिएको छ । निगौल गाई गौशालाको नाममा रहेको गौशाला बजार क्षेत्रभित्रको सिकिन्दर कुमार चौरसियाको घर केहि समय अगाडी २०७९ साल फाल्गुन २९ गते पालिकाको नगर प्रहरीले भत्काएको थियो ।
चौरसियाले पालिकाले भत्काएको घर पुन: निर्माणको थालनी गरेका छन् । जसले गर्दा पालिकाले सोमबार पत्र काट्दै अनाधिकृत रुपमा जग्गामा घर निर्माण गर्न लागेकोले निर्माण कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ । साथै ३ दिन भित्र जग्गा खाली गर्न आग्रह गरेको छ ।

नगरपालिकाद्वारा काटिएको पत्र सोमबार नगर प्रहरी टेक बहादुर लामाद्वारा सिकिन्दरलाई बुझाइएको छ । पत्र बुझ्दै सिकिन्दरले नगरपालिकाले त्यति सजिलैसँग घर भत्काउन नपाउने बताएका छन् ।उनले भने , "घर भत्काउनको लागि मलाइ पालिकाको होइन अदालतको आदेश चाहियो । यहाँ अन्य घरहरु पनि यस्ता छन् , जसले गाई गौशालाको जग्गामा घर बनाएर बसिरहेका छन् । मेरो बन्न लागेको घर भत्किन्छ भने अरुको पनि घर भत्किनुपर्यो ।"
चौरसियाले पालिकाले पटक पटक आफ्नो घर भत्काएकोले आफुमाथि अन्याय भएको गुनासो गरेका छन् । गौशाला बजारमा अनाधिकृत रुपमा जग्गा हड्पेर घर बनाएर वर्षौदेखि कयौं मानिसहरु बसोबास गर्दै आएका छन् तर धनि धनाढ्य भएर उनीहरुलाई केहि नगरेको र गरिव ,निमुखा जनताको घर भत्काउन लागेर पालिकाले खोक्रो शासन गरिरहेको उनले आरोप लगाएका छन् । उनले भने , "भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रि पद्मा अर्यालले मिति २०७६ फाल्गुन १९ गते गाई गौशालामा बनाएको ३० वटा घरहरु भत्काएको थियो । अहिले फेरी त्यो सबै घरहरु पुन: बनिसकेको छ । तर घर भत्काउने आदेश मेरो लागि मात्र किन ? अरु घरतिर नगरपालिकाको आखाँ किन जादैन ?"
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments