गौशालामा एक वडा अध्यक्षले वडा कार्यालयमा लगाए ताल्चा

2 वर्ष पहिले प्रकाशित

(2080-06-15 B.S.)

14862 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , असोज १५ गते

महोत्तरीको गौशालामा एक वडा अध्यक्षले आफु असुरक्षित भएको भन्दै एक हप्ता देखि वडा कार्यालयमा आफैले ताल्चा लगाएका छन् । वडा अध्यक्षले ताल्चा लगाएपछि सेवाग्राहीहरुको काम काज प्रभावित  भएको छ ।

गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रामस्वार्थ यादवले असोज ८ गते स्वास्थ्य स्वयंसेविका छनौटमा विवाद  हुँदा आफु असुरक्षित भएको भन्दै कार्यालयमा आफैले ताल्चा लगाएका हुन् । वडा न. ६ को स्वास्थ्य स्वयंसेविकाको मासिका अनिता देवीले भदौ २२ गते आमा समुहको बैठक बसाएर ३ जना नयाँ स्वयंसेविका भर्ना गरेका छन् र एउटा असहाय विधवा नुतन यादवलाई भर्ना गर्दा वडा अध्यक्षले आफ्नो बुहारीलाई राख्नुपर्छ भनेपछी विवाद भएको थियो । 

मासिका अनिता देवीले सबै ठाउँमा वडा अध्यक्षले आफ्नै नातेदारलाई जागिर दिन खोजेको बताइन । उनले भनिन् , “हामीले अध्यक्षको कुरा नमाने पछी उनले नौटंकी गरेर वडा कर्यालयमा ताल्चा लगाएका हुन् । हामीले कुनै प्रकारका धाक धम्कि दिएका छैनौं ।”

वडाको स्वास्थ्य प्रमुख तेजनारायण यादवले वडा अध्यक्षकको बुहारीलाई स्वयंसेविकामा नराखे पछी विवाद उत्पन्न भएको बताए । उनले भने , “वडा अध्यक्षको आफन्तहरुलाई नराखे पछी यस्तो विवाद भएको हो । यहाँ सबैको आफ्नो स्वार्थ रहेको कारण यो विवाद भएको हो । चार जना नयाँ स्वास्थ्य स्वयंसेविका गठन गरिएको छ । जसमा नियम बमोजिम कुनै पनि छैन ।”

त्यस्तै वडा अध्यक्षले आफुलाई गोलि हान्ने धाक धम्कि आएपछी सुरक्षार्थ कार्यालयमा ताल्चा लगाएको दावी गरेका छन् । उनले आफ्नो सुरक्षाको लागि नगप्रमुखसँग माग गरेको बताए । साथै आफु सुरक्षित नभएसम्म कार्यालय नखुल्ने उनको भनाइ छ । 

वडा अध्यक्ष र मासिका आफ्नो लोभ र प्रलोभनमा परेर सेवा ग्राहीलाई एक हप्ता देखि दु:ख दिइरहेको एक स्थानीयले आरोप लगाएका छन् ।

त्यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको मधेश प्रदेश अध्यक्ष सुलेखा ठाकुरले स्वयंसेविका बन्नको लागि १० कक्षा उत्तीर्ण गरेको र आमा समुहमा रहेको हुनुपर्ने जानकारी दिईन । फुलकाहा वडामा भएको स्वयंसेविका गठन गलत तरिकाले भएको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

2 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

2 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

3 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

18 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

21 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..