गौशालामा गैरकानुनि रुपमा घरहरु बन्दै , कर्मचारी ,प्रशासन र प्रहरी मुदर्शक
गौशाला , असोज १७ गते
महोत्तरीको गौशालामा गुठी संस्थानको नाममा रहेको जग्गामा अहिले गैरकानुनि रुपमा धमाधम घरहरु बनिरहेका छन् । जनसमुदायले जग्गा ठेक्का लागेको सुनेपछी घरहरु धमाधम बनाउन लागेका छन् । गौशाला -४ मा पर्ने गुठी संस्थानको जग्गा जिरोमाइलदेखि २ सय मिटर दक्षिण पुर्व जाने बाटोमा गैरकानुनि रुपमा जग्गा चेतेर घरहरु बनाइरहेको पाइएको छ ।

यसमा नत गुठी संस्थान जलेश्वरका कर्मचारी रोक्न आउछन तर प्रशासनले नै रोक्न सकेका छन् । जलेश्वर गुठी संस्थान कार्यालयका प्रमुख किशोर कुमार झाले आफ्नो कर्तव्यबाट पन्छिदै घरहरु बनाएपनि केहि नहुने भन्दै आटटाल गरेका छन् । त्यस्तै गुठी संस्थान केन्द्रिय कार्यालयका अध्यक्ष शिवराज पण्डितले पनि बेवास्ता गर्दै यो आफ्नो काम नभएको प्रतिक्रिया दिएका छन् । यसबाट जग्गाहरु गैरकानुनि रुपमा अतिक्रमण गर्न माथिबाटै छुट रहेको प्रष्ट भएको छ ।
जनसमुदायलाई रातारातै घरहरु बनाउदै जग्गा अतिक्रमण गरिरहेका छन् । गैरकानुनि रुपमा किनबेच पनि हुने गरेको छ ।केहि जनसमुदायले त्यस ठाउँमा एक कठ्ठा जग्गा एक लाखमा बेच्ने गरेको नाम नभन्ने सर्तमा बताए । उनले यहाँको पालिका प्रशासन , सम्बन्धि निकाय ,प्रहरी , गुठी संस्थानका कर्मचारी आफ्नो जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएका छन् ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गुठी संस्थानको जग्गामा कसैले पनि अनाधिकृत रुपमा घर बनाउन नमिल्ने बताए । साथै उनले सम्बन्धि निकायलाई रोक्न आदेश दिने समेत बताएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (ड ) ४ र ९७ ले गाउँपालिका र नगरपालिका क्षेत्र भित्रको सरकारी , सामुदायिक र सार्वजनिक सम्पत्ति अभिलेख व्यवस्थापन र संरक्षणको जिम्मा सम्बन्धित स्थानीय तहलाई रहेपनि स्थानीय सरकारले कुनै पनि चासो लिएको छैन । नगरपालिकाको कार्यालय वरिपरी पनि अनाधिकृत रुपमा यस्ता घर टहराहरु धमाधम बनिरहेका छन् ।

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
18 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
कमेन्ट गर्नुहोस्
view comments