कटरैतले उचाल्यो मुन्नी मिश्रि भलिबलको उपाधि

3 वर्ष पहिले प्रकाशित

(2080-07-11 B.S.)

5435 पटक देखिएको

महोत्तरी , कार्तिक ११ गते 

महोत्तरीको गौशाला नगरपालिका वडा न. १२ कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि कटरैत भलिव क्लब धनुषाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई वेष्ट ५ सेटमा २–३ सेट अन्तरले पराजित गर्दै कटरैत भलिव क्लब धनुषाले उपाधि जितेको हो । सामुदायिक विकास युवा क्लब गौशाला १२ कान्तिबजारद्धारा आयोजित ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा विजयी भएको हो ।

विजयी कटरैतलाई नगद २१ हजार रुपैया र कप प्रदान गरिएको छ भने उप विजेयता गोरहन्नालाई नगद ११ हजार र कप प्रदान गरिएको छ । बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले विजेयता र उप विजेयतालाई पुरस्कार र कप प्रदान गरेका थिए ।

दुबै टिम बीच कडा ठक्कर भएको थियो । अन्तिम ५ औ सेटमा पनि खेल अन्तिम समय एक अर्कोलाई टक्कर दिएको थियो । कटरैतका शैलेन्द्र यादवले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । कटरैतकै उदित यादव वेष्ट लिप्टर, गोरहन्नाका नितेश चौधरी वेष्ट स्पाइकर र रविन श्रेष्ठ वेष्ट बल्कोर चुनिएर पुरस्कार पाए ।

विजयी खेलाडीहरुलाई शुभकामना दिंदै बर्दिबासका नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रिले खेलकुदको गतिविधि बढाए मात्रै लागुऔषधको दुर्व्यसनी नियन्त्रण हुने बताए । युवा पुस्ता लागुऔषधको दुर्व्यसनमा लाग्दा समाज असुरक्षित भएको उल्लेख गर्दै बर्दिबास नगरपालिकाले जिल्लामै खेलकुदको गतिविधि सञ्चालन गर्न पहल गर्ने बताए । विजयी खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दै गौशाला नगरपालिकाकी उप प्रमुख रेणु कुमारी महतोले खेलकुदामा विद्यालय तहका छात्राहरुलाई संलग्न गराउनु पर्ने बताइन । मधेश प्रदेश स्तरको मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगितामा अगामि वर्षमा महिला खेलाडीलाई समेत संलग्न गराएर समाजमा सकारात्मक संदेश दिनु पर्ने उनले भनिन ।

सामुदायिक विकास युवा क्लबको आयोजनामा बुधबार देखि शनिबार सम्म चलेको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा सर्लाही, महोतरी र धनुषाका १६ टिम सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..