भुकम्पमा ज्यान गुमाउनेको सम्झनामा बर्दिवासमा श्रद्धाञ्जली सभा

2 वर्ष पहिले प्रकाशित

(2080-07-22 B.S.)

2030 पटक देखिएको

कार्तिक २२ गते 

जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाउने ब्यक्तिको सम्झनामा बर्दिबासमा श्रद्धाञ्जली सभा गरिएको छ । जाजरकोट भुकम्पमा ज्यान गुमाउनेको संङ्ख्या १ सय ५३ पुगेको छ । सम्पुर्ण मृतकको चिर शान्तिको कामना संगै श्रद्धाञ्जली ब्यक्त गर्न सभाको आयोजना गरिएको होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्किले जानकारी दिए । 

श्रद्धाञ्जली सभामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन गरिएको थियो । सभाको प्रमुख ब्यक्तिको रुपमा मधेस प्रदेश सभा सदस्य सारदादेवी थापाले मैनबत्ती प्रज्वलन गरि  श्रद्धाञ्जली ब्यक्त गरेकी थिइन् । बर्दिवास नगरपालिका मेयर प्रल्हाद कुमार क्षेत्रीले बर्दिवास बासिका तर्फबाट मृतकको चिर शान्तिको कामना गर्दै घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरे । साथै बर्दिवास नगरपालीकाले जाजरकोट भुकम्प पिडितका पिडामा मलम लगाउन राहात लिएर जाजरकोट जाने तयारीमा रहेको जानकारी समेत मेयर क्षेत्रीले गराए । 

मंगलबार मेयर क्षेत्री सहित ६ जनाको टोलि राहात लिएर जाजरकोट जाने तयारीमा रहेकाले सहयोग गर्न चाहाने हर कोहिको सहयोग नगरले जाजरकोट पुर्‍याउने र बाँकी सहयोग नगरले लैजाने तयारी गरेको क्षेत्रीले बताए । 

होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा संगका जिल्ला सचिव नारायण घिमिरेले सहजीकरण गरेका थिए भने बर्दिवासका नगरपालिका, नगरभित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानिय युवा समाजसेवी लगायतको सहभागीता थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।

जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । 

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भुकम्प गएको थियो । भुकम्पमा परी सयौं ब्यक्ति घाइते भएका छन् भने सयौंको घर भुकम्पले ध्वस्त बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

5 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

8 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

8 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

9 दिन पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

16 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..