छठका लागि युवा नेता महतोद्वारा घाटको सरसफाई

3 वर्ष पहिले प्रकाशित

(2080-07-28 B.S.)

3637 पटक देखिएको

ममता शर्मा

महोत्तरी , कार्तिक २८ गते  

महोत्तरीको गौशालामा छठका लागि युवा नेता प्रमोद महतोले घाटको सरसफाई तथा व्यवस्थापन गर्ने कार्यको थालनी गरेका छन् । लोसपा नेपालका युवा नेता तथा सामाजिक अभियन्ता प्रमोद महतोले गौशालाबासीले छठ पुजा गर्ने स्थान मरहा खोलामा घाटको सरसफाई गरेका हुन् । आफ्नो एकल प्रयासले उनले जनताको सहजताको लागि घाटको व्यवस्थापन गर्न लागेका हुन् ।

स्थानीय सरकारले छठ घाटको व्यवस्थापनको लागि चासो नलिएपछी स्वयं आफुले त्यसको व्यवस्थापन गर्न लागेको युवा नेता महतोको भनाई छ । उनि भन्छन , "गौशाला नगरपालिकाले यसमा ध्यान दिदैन । मैले भनेर थाकिसके । जनताको पहल अनुसार मैले आफै घाट सरसफाई तथा व्यवस्थापन गर्न लागेको हु । आफनै लगानीमा साझा संस्था देखि दक्षिण पुल सम्मको घाट व्यवस्थापन मैले गर्न लागेको छु ।"  

महतोले बिगत ८ वर्ष देखि गौशालामा यसरि नै घाटको सरसफाई तथा व्यवस्थापन गर्दै आएका छन् । यसपाली घाट व्यवस्थापनका लागि करिब ६०-७० हजार सम्म खर्च हुने उनको दावी छ भने जनताको सहजताको लागि आफु जस्तोसुकै सहयोग गर्न पनि हरबखत तयार रहने उनको भनाई छ । आगामी वर्षमा यो भन्दा पनि अझै व्यवस्थित तरिकाले घाटको व्यवस्थापन गर्ने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले